Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

नेपाल पूर्वाधार डटकमको पहिलो वार्षिकोत्सवका अवसरमा ‘पूर्वाधार समृद्धि’ सार्वजनिक


काठमाडौं । गाउँबेशी नेटवर्क प्रालिले ‘पूर्वाधार समृद्धि’ म्यागेजिन सार्वजनिक गरेको छ । नेटवर्कले नेपाल पूर्वाधार डटकम तथा नेपाल इन्फ्रास्ट्रक्चर डटकमको पहिलो वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा विशेष कार्यक्रम गरी म्यागेजिन सार्वजनिक गरिएको हो ।

कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव उदय सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट एवं नेपाल पूर्वाधार डटकमका सम्पादक भीम गौतमले संयुक्तरूपमा म्यागेजिनको सार्वजनिक गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव अर्यालले म्यागेजिनमा समावेश विषय वस्तु महत्त्वपूर्ण रहेको बताए । उनले पूर्वाधार डटकमले एक वर्षको अवधिमा म्यागेजिन प्रकाशन गर्नु ठूलो उपलब्ध भएको बताउँदै यो कार्यलाई निरन्तरता दिन शुभकामना दिए ।

उनले भोलिका दिनमा अनुसन्धानात्मक लेखहरूलाई विशेष प्राथमिकताका साथ समट्न सुझाव समेत दिए । ‘पूर्वाधार क्षेत्रका खबर समेटिने अनलाइन पोर्टल र म्यागेजिनको आवश्यकता थियो, अनलाइनपछि म्याजेजिन आज सार्वजनिक भएको छ,’ उनले भने, ‘भोलिका दिनमा नीति तथा कार्यक्रम बनाउन सहयोगी हुने गरी म्यागेजिका विषयवस्तुको गुणस्तरलाई सुधार गर्दै तथ्यांकसहितको बनाउन सुझाव दिन्छु ।’

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव सापकोटाले पूर्वाधारका सबै क्षेत्र समेटिने गरी सार्वजनिक गरिएको म्यागेजिन सरकारका लागि पनि महत्त्वपूर्ण दस्तावेज भएको बताए । उनले म्यागेजिन आउनु पत्रकारिताको विकासका लागि राम्रो भएको हुँदा आगामी दिनमा अझै खोज मुलक बनाउँदै निरन्तर रूपमा परिमार्जन गर्दै ल्याइरहन सुझाव दिए ।

भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव शर्माले पूर्वाधार क्षेत्रलाई नै समेटिने गरी पूर्वाधार समृद्धि पहिलो म्यागेनि भएको बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले स्रोतको चापका बाबजुत पूर्वाधार विकास चुनौतीपूर्ण भएकाले पूर्वाधार कानुनमा जोड दिनुपर्ने बताए ।

म्यागेजिनका लेखक एवं परियोजना सञ्चार विज्ञ प्रभाकर घिमिरेले यसपटक म्यागेजिनमा समेटिएका सामाग्रीहरूमा समस्याको उजागर गरिएकाले आगामी दिनमा समाधानका उपाय पनि समेट्न सुझाव दिए । उनले म्यागेजिनको आगामी अंग पूर्वाधार क्षेत्रको कुनै एक विषयमा केन्द्रीत गर्न सकिने बताए ।

नेपाल पूर्वाधार डटकम एवं पूर्वाधार समृद्धि म्यागेजिनका सम्पादक गौतमले २ सय पृष्ठको म्यागेजिनमा विभिन्न शिर्षकमा ५९ वटा लेख समेटिएको बताए । उनले म्यागेजिनलाई आगामी दिनमा विज्ञहरूको सुझाव र सल्लाह बमोजिम अझै परिमार्जित गर्दै लैजाने बताए ।

गाउँबेशी नेटवर्कका सञ्चालक शंकर बस्यालले सबैकाे सुझावका आधारमा आगामी दिनमा म्यागेजिनका कमी कमजाेरी सुधार गर्दै लगिने बताए ।


Read Previous

मधेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी   

Read Next

डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरु, सूचना प्रविधि सम्बन्धि विषयमा छलफल हुने

Leave a Reply

Your email address will not be published.