Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले डिजिटल क्षमता विकास गर्न आवश्यक पूर्वाधारमा जोड दिनु पर्ने बताएका छन्। ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘सरकारले डिजिटल नेपालका लागि आवश्यक पूर्वाधारमा जोड दिएको छ । डिजिटल डिभाइस कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिने सरकारको अभिप्राय छ।’ डिजिटल क्षमता विकास गर्नु जरूरी रहेको बताउँदै उनले पछिल्लो समय नेपालमा पनि दक्ष जनशक्ति उत्पादन हुँदै गइरहेको पनि जानकारी गराए ।

सरकारले अनुसन्धान, आविस्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उनको भनाइ छ । उनले भने, ‘अनुसन्धान, आविस्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था बजेमा गरिसकेका छौं। यसले थप आइसिटी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ ।’

उनले सरकार सूचना प्रविधि ऐन, साइबर नीति ऐन, ई-कमर्स नीति लगायतका आवश्यक कानुन पारित गरेर छिटो कार्यान्वयनमा ल्याइने बताए । उनले भने, ‘सरकार सूचना प्रविधि ऐन, साइबर नीति ऐन, ई-कमर्स नीति लगायत कानुन पारित गरेर छिटो कार्यान्वयनमा ल्याउनेछौं।’ यसका लागि डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर समयानुकुल बनाउने समेत उनले बताए ।


Read Previous

डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरु, सूचना प्रविधि सम्बन्धि विषयमा छलफल हुने

Read Next

गण्डकीमा नयाँ सवारी साधन खरिद नगरिने

Leave a Reply

Your email address will not be published.