Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

इपान निर्वाचनकाे कार्यतालिका सार्वजनिक, जेठ ३० मा मनाेनयन दर्ता


 काठमाडौं । निर्वाचन समितिले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान )को नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनकाे कार्यक्रम सार्वजनिक गरेको छ । समितिले जेठ २९ गतेदेखि सुरु हुने निर्वाचन कार्यक्रमकाे तालिका सार्वजनिक गरेकाे हाे । कार्यक्रम अनुसार जेठ ३० गते उमेद्वारहरूकाे मनाेनयन दर्ता खुल्ला गरिनेछ । कार्यक्रम जेठ ३२ गते नयाँ नेतृत्वलाई प्रमाणपत्र दिएपछि सम्पन्न हुनेछन् ।

यस्तो छ निर्वाचन कार्यतालिका

निर्वाचन समितिले एक सूचना जारी गर्दै जेठ २९ गते दिनको २ बजे मतदाता नामावली सार्वजनिक गर्ने बताएको छ । मतदाता नामावलीमा दावी विरोधका लागि सोही दिन २:१० देखि ३:३० सम्मको समय दिइएको छ ।

दावी विरोधमाथि छानबिन गरेर सोही दिन ५ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिने छ । उम्मेदवारी दर्ताको लागि जेठ ३० गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिइएको छ । ३:३० बजे उम्मेदवारहरुको नामावली प्रकाशन गरिने छ । ४:३० बजेसम्म उम्मेदवारको नामावलीमा दावी विरोध गर्न पाइनेछ ।

दावी विरोधमाथि ५ बजेसम्म छानबिन गर्ने कार्यतालिका छ । ३० गते बेलुका ५ बजेदेखि ३१ गते दिनको ४ बजेसम्म उम्मेदवारहरूले चाहेमा उम्मेदवारी फिर्ता लिन समय दिइनेछ ।

जेठ ३२ गते २१ औं साधारणसभाको बन्दसत्रपछि मतदान गर्ने कार्यतालिका तय भएको छ । मतदान पछि ३२ गते नै निर्वाचनको मतपरिणाम सार्वजनिक हुने छ । इप्पानको साधारण सभा बौद्ध स्थित हायात होटलमा हुने छ । साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् ।

नेतृत्वको लागि अध्यक्षमा गणेश कार्की र किरण मल्लले प्रतिस्पर्धा गर्दैछन् । कार्कीलाई पूर्व अध्यक्षदेखि वर्तमान कार्यमसितिसम्मले समर्थन गरेका छन् । उनको प्यानलबाट चुनाव लड्नको लागि धेरैले इच्छा देखाएका छन् ।

५ जना उपाध्यक्षका लागि ८ जनाभन्दा धेरै आकांक्षी देखिएका छन् । अध्यक्षका अर्का प्रत्यासी मल्लले भने कुनै टिम बनाउन सकेका छैनन् । मल्लले एक्लै अध्यक्षमा उम्मेदवारी दिने उनी निकट व्यवसायीहरूले बताएका छन् ।

कार्की प्यानलबाट भने वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, महासचिवमा बलराम खतिवडा र उप-महासचिवमा प्रकाश दुलालले प्रतिस्पर्धा गर्दैछन् । ५ जना उपाध्यक्षहरूमा सिए आशिष गर्ग, अधिवक्ता भरतबहादुर खत्री, रामप्रसाद आचार्य, ई. आनन्द चौधरी, उत्तमा भ्लोन लामा र हिमप्रसाद पाठकले कार्कीकै प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।

यसैगरी ५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेललगायतले प्रतिस्पर्धा गर्दै छन् । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्थले कार्कीको प्यानलबाटै प्रतिस्पर्धा गर्दैछन् । सदस्यहरूमा सिए उत्तर कुमार श्रेष्ठ, शंकर बस्याल, ई. मिथुन पौडेल, कुवेरमणी नेपाल, ई. कदम केसी, ई. दीपक पौडेल, टि.एन. आचार्य, मोहन कार्की, ई. सुवास बराल, ई. पुस्कर ढुङ्गेल, ई. गोपाल निउरे, सिताराम तिमल्सिना, जगदिशबहादुर पाल, तारा सुब्बा, भरत पराजुली लगायत प्रतिस्पर्धामा छन् ।

सदस्यका अधिकांस प्रतिस्पर्धीहरू कार्कीको प्यानलबाट चुनावी प्रतिस्पर्धा गर्दै छन् । महिला सदस्यमा सुमन जोशी, सुसन कर्माचार्य, इन्दिरा पन्त, रजनी थापा, इशा श्रेष्ठलगायतले पनि कार्कीको प्यानलबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

अध्यक्षका उम्मेदवार गणेश कार्कीले इप्पानका कुल ४५० मध्ये ३०० भन्दा धेरै सदस्यले आफूलाई समर्थन गरिसकेकोले आफ्नो जित सुनिश्चित दावी गरेका छन् ।


Read Previous

इपानलाई सिंगो निजी क्षेत्रको संस्था बनाउँदै जलविद्युत विकासमा सरकारसँग हातेमालो गर्न उपाध्यक्षमा मेराे उमेद्वारीःभ्लाेन

Read Next

टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा.महत

Leave a Reply

Your email address will not be published.