Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा.महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन्। नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले भने, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन ।’

‘यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ’ भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले भने, ‘विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रकृया हामी अगाडि बढाउँछौं । यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो ।’

अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘यसै वर्ष सबै काम हुन्छ भन्ने कुरो होइन, सुरुङ मार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेर मात्र अगाडि बढाउनुपर्छ । तर, यो बन्छ भन्ने सन्देश दिनका लागि पनि यो बजेट पहिलो पटक विनियोजन गरिएको छ । अब यसले नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई यो सुरुङमार्गलाई ठूलो सहयोग पु¥याउँछ । यो निर्माण सम्पन्न हुनका लागि हामीले केही वर्ष पर्खिनु पर्ने हुन्छ ।’

अर्थमन्त्री डा.महतले धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको उल्लेख गरे । ‘धेरै वर्षपछि यहाँका विकास निर्माणको जुन आवश्यकता थिए, ती आवश्यकता पूर्तिका लागि हामीले सक्ने बजेट विनियोजन गरेका छौं’  उनले थपे । नुवाकोटकै अर्थमन्त्री परेका कारणले बजेट यो जिल्लामा थोरै बढी परेको उनले बताए । ‘त्यो नुवाकोटको आवश्यकता हो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसददेखि सडकसम्म चर्चा परिचर्चा र बहसको विषय बनेको छ । यद्यपि देशभरि हामीले बजेट पु¥याउने प्रयास गरेका छौं’ मन्त्री डा. महतले भने ।

यस वर्ष गंगटेदेखि समुन्द्रटार मात्र होइन, थोर्पुभञ्ज्याङसम्म सडक निर्माणका लागि बजेट विनियोजन भएको छ । यसैगरी विभिन्न शीर्षकमा विभिन्न ठाउँलाई त्यहाँको विकासलाई केन्द्रित गरेर बजेट छुट्टाइएको छ । ‘जे जयज छ, जे आवश्यक छ, जे न्यायोचित छ, हामीले बजेट विनियोजन गरेका छौं, ककनीको बाटोको कुरा पनि समेटिएको छ, त्यहाँबाट पिपलटार–त्रिशुली जाने बाटोको निर्माण व्यवसायी अदालत गएका कारण हामीले बजेट विनियोजन गर्न सकेनौं ’  उनले भने ।

मन्त्री डा. महतले बजेटको मूल लक्ष्य भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउने, राजस्वको आकार बढाउने, त्यसमार्फत् अर्को वर्ष हामीले धेरै बजेट विनियोजन गर्न सकौं  भन्नेमा रहेका बताए । ‘आवश्यकताका आधारमा नुवाकोटले पाउनुपर्ने बजेट यस वर्ष सुनिश्चित भएको छ’ उनले भने ।


Read Previous

इपान निर्वाचनकाे कार्यतालिका सार्वजनिक, जेठ ३० मा मनाेनयन दर्ता

Read Next

इपान निर्वाचनका लागि मल्ल प्यानलको उमेद्वारी घोषणा,अधिकांश पदमा साझा उमेद्वार

Leave a Reply

Your email address will not be published.