Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने

व्यास नगरपालिका-१ मा खानेपानी पुर्याउने योजना साकार बन्दै


तनहुँ। जिल्लाको व्यास नगरपालिका-१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ऋण लिएर वडा बासीमा खानेपानी पुर्याउने योजना साकार हुन लागेको छ । नेपाल सरकारको ७० प्रतिशत ऋण र संस्थाको ३० प्रतिशत सहलगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य अघि बढाइएको थियो ।

आयोजनाको समग्रमा हालसम्म ४५ प्रतिशत कार्य सम्पन्न भइसकेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । कूल  २६ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको ठेक्का पराजुली कन्स्ट्रक्सनले पाएको थियो।

उक्त संस्थाले सानाठूला गरी ४ वटा खानेपानी योजनाबाट वडा बासीलाई पानी वितरण गर्दै आए पनि प्रशस्त मात्रामा खानेपानी आपूर्ति गर्न नसकेपछि मादीनदी लिफ्ट सहलगानीमा आयोजना सुरु गरेको हो । भादगाउँ सहलगानी खानेपानी आयोजनाअन्तर्गत ५२ किमीमध्ये करिब ४२ किमी दूरीमा शाखा लाइनका खानेपानी पाइप बिच्छ्याइ सकिएको छ ।

त्यसैगरी, मुख्य पाइप लाइनको २.१ किलाेमिटर दूरीमा पाइप पुर्ने कार्य सम्पन्न भइसकेको छ । मादीनदी किनारमा सम्पवेलको निर्माण अन्तिम चरणमा पुगेको छ भने अर्को सम्पवेल खन्न सुरु गरिएको छ ।

त्यसैगरी, सेडिमेन्टेसन ट्याङ्कीको ९० र स्लो ट्याङ्कीको ४० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । २०८० भदौभित्र सम्पन्न गर्ने गरी उक्त आयोजनाको सम्झौता पश्चात निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको हो ।

व्यास नगरपालिका–४ को चुरेखोल्सीस्थित मादीनदी किनारबाट लिफ्ट गरी करिब ५ किलोमिटर दूरीमा रहेको रिजर्भ ट्याङ्कीमा पानी सङ्कलनपश्चात् वडा बासीलाई पानी वितरण गरिने छ । मुख्य खानेपानी ट्याङ्की रहने अमिली भञ्ज्याङबाट शाखा ट्याङ्की रहने भदुरसम्म मुख्य खानेपानीको पाइप पनि बिच्छ्याउन थालिएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए ।

उक्त पम्प हाउसमा दुईवटा मोटरबाट प्रतिसेकेन्ड २६ लिटर पानी तान्न सकिन्छ । वर्षायाम सुरु हुनुअगावै मादीनदी किनारमा सम्पवेल भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । २०५६ मा उक्त खानेपानी संस्था स्थापना गरी ५२ वटा सार्वजनिक धाराबाट पानी दिन थालेको संस्थाले हालसम्म दुई हजार छ सय बढी निजी धारा जडान गरी पानी उपलब्ध गराउँदै आएको छ ।


Read Previous

धार्मिक तथा पुरातात्विक संरचना पुनःनिर्माणमा अन्योलता   

Read Next

संघीय संरचनाअनुसार सडकको वर्गीकरण गर्न समिति गठन, स्मार्ट लाइसेन्सलाई १० वर्षमा नविकरण गर्ने व्यवस्था

Leave a Reply

Your email address will not be published.