Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल बढ्याे,याे वर्ष २० हजारले अवलाेकन गर्ने अपेक्षा


नेपालगञ्ज । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्ने पर्यटक संख्या बढ्दै गएकाे हाे ।

अहिले बाघको सङ्ख्या बढेर १ सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढदै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । उनका अनुसार राष्ट्रिय निकुञ्ज भ्रमणमा पुग्ने करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेक छन् । उनले अघिल्लो आर्थिक वर्षमा १ हजार विदेशी पर्यटक आएकाेमा चालू वर्षमा अहिले ४ हजारको हाराहारीमा पुगिसकेकाे जानकारी दिए ।

यसैगरी, अघिल्लो आर्थिक वर्षमा  १० हजार आन्तरिक पर्यटकले राष्ट्रिय निकुन्ज अवलोकन गरेकामा अहिले १२ हजार पुगेका छन् । गत आर्थिकम वर्ष ४ सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर ८०० पुगेकाे निकुञ्ज प्रशासनले जनाएकाे छ ।

बाघ हेर्नकै लागि गत वर्षभन्दा यसवर्ष पर्यटकको संख्या बढेको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए । पर्यापर्यटनका लागि यो निकुञ्ज केन्द्रको रूपमा स्थापित भएको उल्लेख गर्दै उनले चालू वर्षमा करिब २० हजार पर्यटकले राष्ट्रिय निकुञ्जकाे भ्रमण गर्ने विश्वास व्यक्त गरे ।

“हामीलाई विश्वास छ यस वर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो,” उनले भने । भण्डारीले विदेशी पर्यटक खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्यूजिल्याण्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुन्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको संख्या बढिरहेको बताए ।

विदेशी पर्यटकहरू बाघ हेर्न नै मन पराउने हुनाले यहाँ आउने गरेकाे र त्यसबाहेक डल्फिन पनि अवलोकन गर्ने गरेकाे उनकाे भनाइ छ । बाघको आहारको रुपमा रहेको चित्तल, बाह्रसिङ्गेको हेरेर पनि पर्यटकले आनन्द लिएकाे र सुन्दर घाँसेमैदान, नदी र जैविक विविधताले निकुञ्जको सौन्दर्य बढाएकाले पर्यटककाे संख्या बढाएकाे उनले बताए ।

“निकुञ्जमा १ सय स्क्वायर किलोमिरटमा ७ वटा बाघ छन् । अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको सङ्ख्या बढाउन सकिन्छ”, उनले भने, “वन्यजन्तु र मानव बीचको द्वन्द्व व्यवस्थापनका लागि बाघको आहारा बढाउनेलगायत काम गर्नाका साथै तिनलाई निकुञ्जभित्रै सीमित बनाउने गरी केही प्रयास भएको छ ।”

उनले बाघ र हात्तीबाट हुने क्षति कम भएकाले मानवीय व्यवहारलाई परिवर्तन गर्न आवश्यक भएको धारणा व्यक्त गरे । निकुञ्ज आसपास बस्ती रहुञ्जेल वन्यजन्तु र मानवबीच द्वन्द्व बढिरहने भएकाले मानव वन पैदावरको खोजीमा जाने र कहिलेकाहीँ वन्यजन्तु विशेष गरी बाघ त्यो पनि बिरामी वा घाइते बाघ आहाराको खोजीमा जङ्गलभन्दा बाहिर जाँदा द्वन्द्व बढेको जस्तो देखिए पनि ठूलो समस्या भने नभएको भण्डारीले बताए ।

निकुञ्जले सकेसम्म मानव र वन्यजन्तुबीचको द्वन्द्व शून्य रहोस् भनेर काम गरिरहेको पनि उनले बताए । वन्यजन्तुको आनीबानी र व्यहार परिवर्तन गर्न सकिदैन तर उसमाथि देखाउने व्यवहार परिवर्तन गर्न सकिन्छ ।

यो निकुञ्ज भावर क्षेत्रमा पर्ने भएकाले करिब पाँच स्क्यावार किलोमिरटको दूरीमा एउटा पोखरी बनाउनाका साथै सोलार जडित बोरिङको प्रबन्ध गरेर पानीको व्यवस्था गरिएको छ । बाघका लागि पाँच वर्षमा चार स्क्वायर किलोमिटरको ग्रिड बनाइएको र प्रत्येक ग्रिडमा एउटा पोखरी र घाँसे मैदान बनाउने लक्ष्य राखिएको छ ।

यस कार्यले बाघको आहारा जातीको जन्तुको सङ्ख्या बढाउन सहयोग गर्ने विश्वास लिइएको छ । घाँसे मैदान राम्रो भए बाघको आहार जातीको सङ्ख्या बढाउन सकिने भएकाले आहारा प्रजातिको लागि पोषण खानामा जोड दिइएको छ ।

अहिले घाँसे मैदान कम छ पुराना घाँसे मैदान वन पैदावर पाउने ठाउका रुपमा रुपान्तरण भएको छ । पुरनो घाँसे मैदानलाई पुनः घाँसे मैदानकै रुपमा ल्याउन बजेट अभावले समस्या देखिएको बताइएको छ ।

निकुञ्जभित्र रहेका लम्कौलीलगायत विभिन्न घाँसे मैदानका फाँटालाई व्यवस्थापन गरिएको छ । पुराना घाँसे मैदानको गुणस्तर बढाउन निकुञ्जले जोड दिएको छ । निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन् । अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको सङख्या बढाउन सकिन्छ ।

बढेको बाघको सङ्ख्यालाई कसरी अवसरको रुपमा लिने र त्यसबाट आयआर्जन कसरी गर्ने भन्ने विषयमा पनि छलफल हुनु आवश्यक छ । बर्दियाको ठाकुरद्वारास्थित गैँडा क्याम्पका सञ्चालक रामजीबाबु थापाले निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको जानकारी दिँदै बाघको सङ्ख्या बढेपछि यहाँ रहेका करिब ३२ साना तथा ठूला होटेल र होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ बढ्न थालेको बताए ।

त्यसमा पनि बाह्य पर्यटकमा अमेरिका, फ्रान्सलगायत मुलुकको पर्यटक भएको उल्लेख गर्दै उनले बाघ हेर्नका लागि बाह्य पर्यटक ३ दिनदेखि एक सातासम्म यहाँबस्ने गरेकोे जनकारी दिए । “कतिपय पर्यटक त एक महिनासम्म पनि बस्ने गर्छन्” सञ्चालक थापाले भने ।  स्थानीय उमङ्ग खड्काले बाघ हेर्नकै लागि पर्यटकको सङ्ख्या वढिरहेको र उनीहरूले हात्ती, गैँडा र आहार प्रजातिका अन्य वन्यजन्तु देखेर फर्किने गरेकोे बताए ।

पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्गली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको बताइएको छ ।


Read Previous

नेपालमै उत्पादन भएका सवारी साधन दर्ताकाे झन्झट हटाउन कानुन संसाेधनकाे तयारी, २ दिनभित्रै समाधान

Read Next

उद्योग बाणिज्य महासंघको स्थायी समिति र सदस्यता समिति गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *