Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

आँपचौरका स्थानीयवासीको सक्रियतामा पक्की पुल निर्माण   


रेसुङ्गा । स्थानीयवासीको आफ्नै सक्रियतामा गुल्मीमा पक्की पुलको निर्माण गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–५ आँपचौरका स्थानीयवासीको पहलमा धार्मिक क्षेत्र कोटेश्वर मन्दिर र कोटेश्वर गुफामा पुग्नका लागि घैँटेआँप कोटेश्वर पुलको निर्माण गरिएकाे हाे ।

निर्माण सम्पन्न पुलकाे आइतबार उद्घाटन गरिएकाे छ । निर्माण सम्पन्न पुलको आँपचौरका सबैभन्दा ज्येष्ठ नागरिक ९६ वर्षीय दुर्गादत्त अर्यालले उद्घाटन गरे । उनले विदेशमा रहेर पनि जन्मभूमिको माया लागेर गरेका कामले आफू प्रसन्न भएको बताए ।

हाल रोजगारीको सिलसिलामा जापानमा रहेका आँपचौरका स्थानीयवासी किरण खरेलले अगुवाइ गरेपछि पुल निर्माण सम्भव भएकाे हाे । १३ मिटर लम्बाइ र २ मिटर चौडाइको पक्की पुल ७ लाख ६० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएकाे छ ।

खरेलसहित हाल रोजगारी र व्यवसायको सिलसिलामा युरोप पुगेका फणिन्द्र भण्डारी र देशविदेशमा रहेका आँपचौरवासीकाे आर्थिक सहयाेगले गाउँमा पक्की पुलको निर्माण सम्भव भएकाे स्थानीयवासी डिल्लीराज अर्यालले जानकारी दिए ।

मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले धार्मिक क्षेत्रमा जान वर्षायाममा भएको असहजता मेटाउने सबैलाई धन्यवाद व्यक्त गरे । “विदेशमा रहनुभएका आँपचौरवासीको सहयोग प्रशंसायोग्य छ”, उनले भने, “स्थानीयवासीको सक्रियता भएमा असम्भव भन्ने केही हुँदैन ।” पुल निर्माणका लागि जय जय कोटेश्वर समूहले अभियान नै चलाएको थियो ।

पक्की पुलले मुसिकोट नगरपालिका–५ र चन्द्रकोट गाउँपालिका–८ लाई जोडेको छ । दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रुलाई पक्की पुलले राहात दिएकाे छ । पुलका कारण कोटेश्वर क्षेत्रमा थप पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।


Read Previous

नेपालमा ‘स्टाण्डर्ड गेज’ रेलको विकास आवश्यक : इडवार्डस्

Read Next

निर्माण अवधिमा काम गरेकाे ज्याला नपाएपछि श्रमिकद्वारा पुल बन्द   

Leave a Reply

Your email address will not be published.