Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

निजी क्षेत्रलाई विद्युत व्यापारको ढोका खोल्न सरकार तयार छः अर्थ मन्त्री महत


काठमाडौं । अर्थ मन्त्री प्रकाशसरण महतले निजी क्षेत्रका लागि आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापार गर्ने ढोका खुल्ला गर्न सरकार सकारात्मक रहेको बताएका छन् । ऊर्जा सम्मेलन २०२३ को अन्तिम दिन बुधबार बोल्दै मन्त्री महतले निजी क्षेत्रको लगानीका कारण आज उत्पादनमा आत्मनिर्भर बन्न अवस्थामा पुगेकाले अब व्यापारका लागि पनि ढोखा खोल्ने प्रतिबद्धता जनाए ।

‘निजी क्षेत्र जलविद्युत उत्पादनमा प्रवेश गर्दा ५ मेगावाटसम्मका आयोजनामा लगानी गर्न सक्ने अवस्था थियो,’ उनले भने, ‘आज सय मेगावाटमाथिका आयोजना बनाउन सक्ने सामार्थ्य भएको छ । उत्पादनमा सफल भइसकेकाले अब व्यापारका लागि पनि अनुमति दिन सरकार तयार छ ।’

उनले नेपालको विद्युत भारतसँगै बंगलादेशको बजारसम्म पुर्याउने योजनामा काम भइरहेको हुँदा सरकार, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालय विद्युत निर्यातको संयन्त्र बनाइरहेको बताए । जलविद्युत उत्पादनमा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउँदै अर्थमन्त्री महतले यो क्षेत्रमा राम्रो सम्भावना देखेर नै ठूलो लगानी आएको बताए । उनले ठूला आयोजना निर्माणमा स्वदेशी लगानीकर्ताको लगानी पर्याप्त नहुने हुँदा विदेशी लगानीकर्ताको लगानी ल्याउन सहजिकरण गर्न सरकार तयार रहेको बताए ।

एसियाली विकास बैंक र विश्व बैंक २ वटा ठूला जलाशय जलविद्युत आयोजनामा लगानी गर्न सकारात्मक देखिएको पनि उनले बताए । मन्त्री महतले आन्तरिक विद्युत खपत बढाउन विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवद्र्धन गर्ने नीति सरकारले लिएको बताए ।

‘उत्पादन बढ्दै गएकाले अब हरेक घरको भान्छा र यातायात क्षेत्रलाई हरित ऊर्जामय बनाउनु पर्ने समय आएको छ । मन्त्रालयको प्राथमिकतामा यातायात क्षेत्र र ग्यासलाई हरित ऊर्जामा रुपान्तरण गर्ने योजना छ’, उनले भने ।

उनले घरायसी ग्राहकको भान्छाको ग्यास र पेट्रोलियम ऊर्जा हरित ऊर्जाले प्रतिस्थापन गर्दा नै आन्तरिक खपत बढ्न गई व्यापार घाटा पनि कम हुने उनको भनाइ छ । उनले अहिले निजी क्षेत्रले जलविद्युत उत्पादनमा भोग्दै आएको समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

अहिलेको मुख्य समस्या खास गरी प्रसारण लाइनको पूर्वाधर निर्माणमा रहेको बताउँदै महतले यी प्रकारका समस्या समाधानमा मन्त्रालय गम्भिर रहेको बताए । ‘आन्तरिक र प्रस्तावित अन्तरदेशीय उच्च क्षमताका प्रसारण लाइन आयोजना निर्माणलाई गति दिन प्रदेश र स्थानीय तहसँग समन्वय गरेर जान मन्त्रालय तयार छ । जसले गर्दा प्रसारण लाइन निर्माणलाई फास्ट ट्र्याकमा निर्माण गर्न सहज हुनेछ’ उनले भने ।

नेपालको अर्थतन्त्र माथि उकास्नका लागि पनि सरकारले सधैं निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्ने उनले बताए ।


Read Previous

नेपालसँग २ हजार मेगावाट विद्युत खरिद गर्न भारतीय कम्पनीकाे आसयपत्र

Read Next

निजी क्षेत्रलाई विद्युत व्यापार खुल्ला गर्नेदेखि वैदेशिक लगानी भित्र्याउन सहजिकरण गर्ने प्रतिबद्धता जनाउँदै सकियो ऊर्जा सम्मेलन

Leave a Reply

Your email address will not be published.