Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

‘ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ’


वीरगञ्ज । मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताएका छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ठोरीमा आयोजित ठोरीको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका तथा सम्मान कार्यक्रममा उनले ठोरीलाई प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुरु योजना बनाइरहेको जानकारी दिए ।

‘बजेटमात्र दिएर पर्यटकीय क्षेत्रका रूपमा विकास हुन सक्दैन, त्यसका लागि मास्टर प्लान महत्वपूर्ण कुरा हो’, उनले भने, ‘त्यसैले हामी ठोरीसहित प्रदेशभरिका पर्यटकीय क्षेत्रहरूको मास्टर प्लान बनाइरहेका छौँ, तपाईँहरू ढुक्क हुनुस् हामी ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कुनै कसर बाँकी राख्दैनौँ ।’

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले विगतमा प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बजेट विनियोेजन गर्ने आवश्वास दिए पनि सरकारको नीति तथा कार्यक्रममा समावेश नगरिएको गुनासो गरे ।

‘मधेस प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न  १० करोड रूपैयाँ बजेट दिने घोषणा गर्नुभयो, तर सरकारले न बजेट दियो न त नीति तथा कार्यक्रममै समावेश गरियो’, उनले भने, ‘सरकारले कम्तीमा पनि नीति तथा कार्यक्रममा समावेश गरिदिएको भए अरु ठाउँबाट पनि सहयोग आउन सक्थ्यो तर भएन, अहिलेको प्रदेश सरकारले केही गर्ला भन्ने आशा गरेका छौँ ।’

सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले ठोरी आउनेमध्ये अधिकांश पर्यटक भारतबाट आउने भए पनि खर्च गर्ने उचित वातारण नहुँदा समस्या भइरहेको बताए । उनले कुनै एक पक्ष वा एकल प्रयासबाट ठोरीको विकास सम्भव नभएकाले सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले) ठोरीका नेता खगेन्द्र श्रेष्ठले ठोरीलाई पर्यटनसँग जोड्नका लागि उद्योग व्यवसायी सञ्चालनको वातारण बनाउन उद्योगी व्यवसायीसँग आग्रह गरे । कार्यक्रममा उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र वीरगञ्ज उद्योग वाणिज्य स¬ङ्घका अध्यक्ष अग्रवाललगायत पदाधिकारीलाई सम्मान गरिएको थियो ।


Read Previous

दिक्तेल बजारमा ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण

Read Next

कर्णालीमा प्रदेशः एकीकृत बस्ती विकास गरिँदै

Leave a Reply

Your email address will not be published.