Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

तल्लो खारेखोला जलविद्युत् आयोजनामा आक्रमण गर्दा २५ लाखको क्षति, परियोजना कार्यस्थलमा सुरक्षा दिन इप्पानकाे माग


काठमाडौं । जलविद्युत् आयोजनामा आक्रमण गर्ने क्रम बढ्दै गएको छ । पछिल्लो पटक चैत्र १४ गतेको मध्यराती दोलखा जिल्ला, गौरीशंकर गाउँपालिकास्थित युनिभर्सल पावर कम्पनीको तल्लो खारे खोला जलविद्युत आयोजना (११ मेगावाट) को हेडवर्क साइटमा ‘एक आपराधिक’ समूहले तोडफोड गरेको छ ।

तोडफोडबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति पु¥याउनुको साथै कर्मचारीमाथि सांघातिक आक्रमण गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) ले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । इप्पानले यस घटनाको घोर भर्त्सना र निन्दा गरेको छ । घटनाले स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ ।

आयोजनालाई उचित क्षतिपूर्तीका लागि सम्बन्धित निकायको गम्भीर ध्यानार्षण गराउनुका साथै घाईते भएका आयोजनाका कर्मचारीको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत इप्पानले स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ ।

घटनामा संलग्न व्यक्तिहरुले कानूनी कारबाही अगाडि बढाएमा पावरहाउस लगायत अन्य क्षेत्रमा पनि कर्मचारी र आयोजनाको अन्य सम्पत्ति माथि आक्रमण गर्ने धम्की अझै पनि दिइरहेको विज्ञप्तिमा उल्लेख छ । यस्तो अवस्थमा कर्मचारीहरु भयभित रहेको र शान्ति सुरक्षाको प्रत्याभूती नहुँदा काम गर्ने मनोबल नरहेकोले नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायले सम्पूर्ण कर्मचारी र आयोजनाको सम्पत्तिको सुरक्षाको व्यवस्था अबिलम्ब मिलाई सुरक्षाको प्रत्याभूती गराउन आह्वान गरेको छ ।

विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको श्रृङ्खलावद्ध रुपमा सामना गरिरहेको छ । प्रवद्र्धक एवम् कर्मचारीहरुलाई मानसिक र भौतिक रुपमा डर, त्रास पैदा गराउन विभिन्न बहानालाई आधार बनाएर आयोजनालाई गम्भीर क्षति पु¥याउने र अवाञ्छित लाभ लिने नियोजित उद्देश्यले त्यस खालका आपराधिक, उच्श्रृङ्खल, अराजक र उदण्ड गतिविधि हुने गरेको इप्पानले जानकारी दिएको छ ।

यस प्रकारका गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुनुको साथै समग्र यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ इप्पान सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभुती गराउनु माग गरेको छ । साथै तत्काल यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कडा कानुनी कारवाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने व्यवस्था मिलाउन इप्पानले सरकारसँग जोडदार माग गरेको छ ।


Read Previous

निर्यात उद्योगका लागि विशेष सहुलियत चाहिन्छ: उपाध्यक्षका प्रत्याशी ढकाल

Read Next

मेची राजमार्गमा जमिन भासिने र पहिरो खस्ने समस्या

Leave a Reply

Your email address will not be published.