Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक   

टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण माग   


काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति समक्ष आग्रह गरेको छ । सम्पदा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्ने दायित्व कामपाको भएको हुनाले २०७२ सालको भूकम्पले क्षति भएपछि पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन विकास समितिलाई आग्रह गरिएको हो ।

पुनः निर्माण भएका सम्पदाको विवरणका आधारमा सम्पदाको एकीकृत संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका विषयमा अघि बढ्न सजिलो हुने हुँदा त्यसैका लागि विवरण माग गरिएको कामपाको उप–प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

थापाथलीदेखि टेकु दोभानसम्म एसियन विकास बैंकको ऋण सहायताबाट तीन चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ । परियोजनाको पहिलो चरणमा टेकुदोभानदेखि टेकु पुलसम्मका जीर्ण सम्पदा पुनःनिर्माण तथा मर्मतसम्भार भएका छन् । यस चरणमा पुनःनिर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण गरिसकिएको छ ।

शिव मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, पुरोहित घाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, मानन्धर सत्तल, कार्की सत्तल, मुन्सिघाट सत्तल, पञ्चनारीघाट सत्तल र लक्ष्मेश्वर मन्दिरको सबलीकरण गरिएको छ । यसका लागि करिब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।

त्यसैगरी, दोस्रो र तेस्रो चरणमा टेकु पुलदेखि टुकुचा बागमती दोभान हुँदै थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुनःनिर्माण, मर्मतसम्भार र नदी क्षेत्रको सुन्दरता बढाउने पूर्वाधार निर्माण भइरहेका छन् । दोस्रो चरणको काम गर्न करिब रु ४० करोड र तेस्रो चरणको काम गर्न करिब रु ३५ करोड लागतमा अनुमान गरिएको छ ।

यस क्षेत्रमा सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदा छन् । ती मूर्त सम्पदाको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति परम्परासँग सम्बन्धित छन् । सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित छन् ।

सम्पदाको परम्परागत सामाजिक उपयोगसँगै नदी किनार क्षेत्रलाई विद्यार्थीका लागि वातावरण शिक्षाको व्यावहारिक ज्ञान लिनसमेत उपयोग हुने बताइएको छ । यो मानव निर्मित प्राचीन भौतिक संरचना, महत्वसँगै प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको स्थान हो ।


Read Previous

एमसीसी प्रसारण लाइन परियाेजना अन्तर्गत प्रस्तावित ३ सबस्टेसन निर्माण गर्न बोलपत्र आह्वानकाे तयारी

Read Next

तिला-१, तिला-२ र जलदुल्ला आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न एकै दिन सार्वजनिक सुनुवाई

Leave a Reply

Your email address will not be published.