Nepal Purbadhar

स्थानीय पूर्वाधारको लागि बेलायतको साढे १४ अर्ब सहयोग


काठमाडौं । बेलायतले नेपालको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमको लागि ९० मिलियन पाउण्ड स्ट्रलिङ (१४ दशमलव ४ अर्ब रुपैयाँ) सहयोग गरेको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा बिहीबार अर्थ मन्त्रालय र काठमाडौंस्थित बेलायती दुतावासका अधिकारीबीच हस्ताक्षर भएको छ ।

यस सहयोगबाट सञ्चालित कार्यक्रमले १७ लाख मानिसलाई प्रत्यक्ष रुपमा दीगो र समावेसी पूर्वाधार सेवा प्राप्त गर्नेछन् । यस कार्यक्रममार्फत नेपाल सरकारले स्थानीय पूर्वाधारमा सुधार ल्याउन र सेवा प्रवाहलाई सहज बनाउन भुमिका खेल्नेछ ।

हस्ताक्षर कार्यक्रममा नेपालको लागि बेलायती राजदुत निकोला पालिटले नेपाल र बेलायतबीच लामो सम्बन्ध रहेको र पूर्वाधार निर्माणमा सहकार्य रहेको उल्लेख गरिन् । ‘बेलायतबाट हुने सहयोगमार्फत नेपालको स्थानीय तहमा सेवा प्रवाहलाई सहयोग पुग्नेछ’ उनले भनिन् ।

सो अवसरका अर्थ सचिव तोयाम रायाले नेपालको आर्थिका विकासमा बेलायतको सधै सहयोग रहेको उल्लेख गरे । यस कार्यक्रमको लागि नेपाल सरकारले ६ अर्ब ४ करोड सह लगानी गर्नेछ ।


Read Previous

पूर्वाधार निर्माणमा लापरबाही : १० महिनामा १० प्रतिशत काम

Read Next

सम्झौताको ४५ महिनामा पनि सुरु भएन दाङखोलामा पुल निर्माण,ठेकेदार भन्छः ४ वर्षअघिको दररेटमा काम गर्न सकिँदैन