Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

न्यासिम खोला जलविद्युत आयोजनामा स्थानीयको तोडफोड र आगजनी, १२ कराेड क्षतिकाे अनुमान


काठमाडौंं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-३ स्थिती गुम्बाका स्थानीयबासीले ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनामा ताेडफाेड र  आगजनी गरेका छन् । २०७९ साल फागुन १५ गते बिहान ११ बजे गुम्बाको मानेभञ्याङमा नेपाल विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानीय एक बालिकाको मृत्यु भएपछि आक्राेशित गाउँलेकाे भीडले आयाेजनामा ताेडरफाेड र आगजनी गरेकाे हाे ।

स्थानीयकाे आक्रमणबाट आयाेजनाकाे आवासगृह, कार्यालय भवन, निर्माण उपकरण तथा सामाग्रमा पूर्णरूपमा क्षति पुगेकाे छ । विद्युत लाइन सर्ट भइ बालिकाकाे मृत्यु भएपछि गाउँलेकाे भीड आक्राेशित भइ आयाेजना स्थल पुगेर ताेडफाेड र आगजनी गर्न सुरु गरेकाे थियाे ।

स्थानीयकाे आक्रमणबाट आयाेजनामा कार्यरत ७ जना कर्मचारी घाइते हुन पुगेका छन् । घाइते मध्ये एक जना इन्जिनियरकाे अवस्था गम्भिर छ । घाइते मध्ये ६ जना उपचारपछि घर फर्किएका छन् । गम्भिर घाइते इन्जिनियरकाे भक्तपुरस्थित ठिमी अस्पतालमा उपचार भइरहेकाे छ ।

स्थानीकाे आक्रमणापछि अहिले आयाेजनाकाे निर्माण पूर्णरूपमा ठप्प भएकाे छ । आयाेजना स्थलमा बस्न असुरक्षित भएपछि सबै कर्मचारीलाई राजधानी ल्याइएकाे प्रवर्द्धक सीता हाइड्राे पावर कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताए । उनले अहिले आयोजना स्थलमा जान सक्ने अवस्था नरहेकाे बताए ।

उनका अनुसार, तोडफोडबाट आयोजनाको श्रमिक र सशस्त्र प्रहरीको आवास गृहमा क्षति भएको छ । ‘ठूलो समूहमा आएर जलविद्युत आयोजनाको निर्माणस्थल, भवन तथा उपकरणहरुका आक्रमण भयो, कतिले धेरै श्रमिकले भागेर ज्यान जोगाए, स्थानीयबासीको आक्रमणबाट घाइतेको उपचार भईरहेको छ ।’ उनले भने ।

सरकारले जलविद्युत आयोजनाको लागि उचित सुरक्षा दिने तथा लगानीको वातावरण निर्माण गर्ने बताईरहेको बेला राजधानी काठमाडाैंसँगै जोडिएको सिन्धुपाल्चोकमा जलविद्युत आयोजनामाथि आक्रमण हुनुलाई गम्भीर रूपमा हेरिएको छ ।

आयोजनाभन्दा ५ किलोमिटर टाढा रहेको विद्युत वितरण लाइनबाट भएको विद्युतीय दुर्घटनालाई लिएर घटनासँग असम्बन्धित आयोजनामाथि तोडफोड र आक्रमण भएको कम्पनीले जनाएको छ । आयोजनाको निर्माणमा करिब ३ सय दक्ष तथा अर्धदक्ष जनशक्तिले काम गरिरहेको अवस्थामा सोमबार (फागुन १५ गते) एक समूह आई आयोजनाको आवासीय भवन, विद्युत गृह, सुरुङ लगायतका क्षेत्रमा एक्कासी आक्रमण गरेको  जानकारी दिए ।

गाउँलेकाे समूहले आयोजनामा स्थलमा रहेको क्रसर, मेशिन, ट्रिपर, स्काईभेटर समेत तोडफोड गरेको छ । आक्रमणबाट करिब १२ करोड बराबरको क्षति भएको र क्षतिको पुर्नस्थापना गरी आयोजना सुचारु गर्न कम्तीमा १ वर्ष  लाग्ने अनुमान छ । यसको कारणले उत्पादन कम्तीमा एक वर्ष पछि धकेलिने अवस्था सिर्जना भएको उनले जानकारी दिए । हालसम्म आयोजनाको १९ प्रतिशत प्रगति छ ।

स्थानीय बालिकाको विद्युतीय दुर्घटनामा परी मृत्यु भएपछि स्थानीयबासीले आक्रोशमा आएर निर्माणाधीन जलविद्युत आयोजनामाथि आक्रमण गरेको देखिएको वडा अध्यक्ष लक्ष्मण दोङ लामाले बताए ।

उनले आक्रमण भईरहेको बेला आफू बीचमा पुगेको र आक्रोशित भीडले आक्रमण गर्दा स्थिती काबु बाहिर गएकाले रोक्न नसकेको बताए । ‘आयोजनाको आवासगृह, कार्यालय भवनहरूमा भइरहेको आक्रमण तत्कालै रोक्न सक्ने अवस्था थिएन’, उनले भने, ‘परिस्थित गम्भिर भएपछि ज्यान जोगाएर कसरी निस्कने भन्ने अवस्था भयो ।’

उनले आगामी दिनमा यस प्रकारको विद्युतीय दुर्घटना हुन नदिने गरी नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीमा देखिएको समस्या समाधान गरेर जान तथा आयोजनाको प्रवद्र्धक कम्पनीलाई निर्माण सुचारु गराउने वातावरण तयार गर्न वडा कार्यालयले पहल गर्ने पनि बताए ।

२०७७ साल मंसीर ८ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएर २०७८ साल जेठदेखि निर्माणाधीन छ । आयोजनाबाट २०८१ साल असार १५ गते व्यापारिक उत्पादन गर्ने लक्ष्य राखिएको छ ।


Read Previous

बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति

Read Next

परामर्श सेवालाई विनियोजित बजेटमा गरिएको कटौती हटाउन सरकारसँग स्काएफको माग

Leave a Reply

Your email address will not be published.