Nepal Purbadhar

जीवन लघुवित्तको लाभांश घोषणा


काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ ।

संस्थाको फागुन ६ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

संस्थाले यसअघि आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।


Read Previous

कटारी-घुर्मी सडकको सास्ती : ४७ किलोमिटर पार गर्न ५ घण्टा

Read Next

पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई एनसेलको छात्रवृति र सम्मान