Nepal Purbadhar

बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

कर्णाली करिडोरसँग जोडिँदै खत्याड गाउँपालिका


मुगु । कर्णाली नदीमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेसँगै कर्णाली करिडोर मुगुको खत्याड गाउँपालिकासँग जोडिने भएको छ। सुकाढिक झुगलास्थित हुम्ला कर्णाली नदीमा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेसँगै खत्याड गाउँपालिका र कर्णाली करिडोरको सडक सम्बन्ध जोडिने भएको हो।

सो गाउँपालिका र कर्णाली प्रदेश सरकारको करिब तीन करोड ३५ लाख रुपैयाँ लगानीमा कर्णाली नदीमा ६० मिटरको बेलिब्रिज निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । पुल निर्माणको ठेक्का लिएको जल्पा/रविचक्र जेभीले फागुन पहिलो साताभित्र काम सक्ने गरी निर्माणलाई तीव्रता दिएको छ ।

पुल निर्माण भए बाह्रै महिना यातायात सञ्चालन हुने र आसपासका दर्जन गाउँका बासिन्दालाई सुविधा पुग्ने स्थानीय कमल शाहीले बताए। पुल बनेपछि गाउँसँग सहरी क्षेत्रहरू जोड्न सजिलो हुने नरहरिनाथ गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले बताए। सुकाढिक झुगलादेखि निमालबोटसम्म सडक निर्माण भइसकेको छ । पुल बनेपछि कर्णाली करिडोरबाट आएका सवारीसाधन रातापानी, गम्था हुँदै निमालबोटसम्म पुग्नेछन् ।


Read Previous

११ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा

Read Next

मेन्छियाम हाइड्रोपावरको आइपिओ आउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *