Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

२०८० लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाइने


चितवन । भरतपुर महानगरपालिकाले विसं २०८० लाई भ्रमण वर्षका रूपमा मनाउने भएको छ। महानगरपालिकाभित्रका ३० वटा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रवर्द्धन गर्दै भ्रमण वर्ष मनाउन लागिएको हो।

महानगरपालिकाले भ्रमण वर्षका सन्दर्भमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ। छलफलमा सहभागीले यहाँ आएका पर्यटकको बसाइँ लम्ब्याउन सक्ने गरी कार्यक्रम तय गर्न सुझाव दिएका छन्। पर्यटन व्यवसायीले भ्रमण वर्षका लागि विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने बताए ।

पालिकाभित्रका सबै वडामा पर्यटन समिति गठन गरेर अघि बढ्नुपर्ने उनीहरूको सुझाव थियो। उनीहरूले वडामा रहेका हरेक टोल सुधार समितिलाई सक्रिय बनाउँदै पर्यटन वर्ष २०८० सफल बनाउनुपर्ने बताएका थिए।

कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुकेले आर्थिक अवस्था बिग्रदै गएको अवस्थामा सुधारको आवश्कता रहेको बताए। भरतपुर महानगरभित्र दुई सय ५० र जिल्लाभर छ सयभन्दा बढी होटल सञ्चालनमा छन्। जिल्लामा भएका होटललाई चलायमान बनाएर जानुपर्ने उनको भनाइ थियो।

भरतपुर महानगरका पर्यटनविज्ञ डा विश्व सुवेदीले भरतपुर महानगरलाई पर्यटकीय क्षेत्रको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवर्वद्र्धन गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए। बिग्रदै गएको अर्थतन्त्रलाई सुधारका लागि भ्रमण वर्ष सकारात्मक हुने उनको भनाइ छ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्षका क्रममा रात्रिकालीन मनोरञ्जनका कार्यक्रम तय गरेर अघि बढाउन सके राम्रो हुने सुझाव दिए।

कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं भरतपुर भ्रमण वर्ष २०८० को कार्यकारी समिति सयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार गम्भीर रहेको स्पष्ट पारे।


Read Previous

सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित

Read Next

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक फागुनमा, के-के छन् एजेन्डा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *