Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

सडक सञ्जालले जोडिएपछि मलम्पारवासी हर्षित


बेनी । म्याग्दीको धवलागिरि गाउँपालिकाको दुर्गम बस्ती मल्कबाङको मलम्पार सडक सञ्जालले जोडिएको छ। अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्याइएको हो। सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन्।

सडक निर्माणका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाबाट २५ लाख र गण्डकी प्रदेश सरकारमार्फत विनियोजित १० लाख रुपैयाँबाट मलम्पारमा सडकको ट्रयाक निर्माण गरिएको वडा नं ५ का वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए। उनका अनुसार मलम्पार पुगेको सडक विस्तार गरी वडा नं ६ मराङको बुलसम्म जोड्ने तयारी गरिएको छ।

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब साढे एक घण्टाको बाटो २० मिनेटमै छोटिएको छ। करिब एक सय ५० घरधुरीको बसोबास रहेको मलम्परा गाउँवासीलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र सदरमुकाम, वडा कार्यालय तथा र गाउँपालिकाको कार्यालय पुग्न समेत सहज भएको छ।

सडक पुगेपछि दुर्गम गाउँलाई सडकको पहुँचले सुगम बनाएको स्थानीय देवी छन्त्यालले बताए। ‘‘पहिले स्वास्थ्य सेवा लिन पनि घण्टौँ हिँडेर वडा कार्यालय रहेको मल्कबाङ पुग्नुपथ्र्यो, अहिले बिरामी भएमा गाडीबाट केही मिनेटमै स्वास्थ्य चौकी पु¥याउन सकिने भएको छ, सडक आएसँगै गाउँमा विकासको अनुभूति पनि भएको छ,’ उनले भने।

मल्कबाङको दैडाँडादेखि साढे दुई किलोमिटर लामो सडक निर्माण भएपछि मलम्पार पनि सडक सञ्जालले जोडिएको गाउँपालिकाका सवइञ्जिनीयर जनक धानुकले जानकारी दिए। उनका अनुसार मलम्पारदेखि वडा नं ६ को बुलसम्म जोड्न धमाधम खडक निर्माणको काम भइरहेको छ।

करिब तीन किलोमिटर दूरीमा अब जम्मा एक किलोमिटर मात्रै सडकको ट्र्याक खन्न बाँकी छ। मलम्पार र बुल सडक सञ्जालले जोडिएमा वडा नं ६ को मराङ–राम्चे–बुल तथा वडा नं ५ को मलम्पार–मल्कबाङहुँदै मराङबेँसी जोड्ने चक्रपथ निर्माण हुनेछ।


Read Previous

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव

Read Next

२०८० लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *