Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

म्याद सकियो, सकिएन कालोपत्र


गलकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने सडक कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीले म्याद सकिँदासम्म कालोपत्रको काम थालेको छैन।

उक्त सडकमा एक वर्षदेखि निर्माण व्यवसायी काममा नफर्कंदा यात्रुलाई सास्ती भएको छ। सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा नौ करोड रुपैयाँ लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का ६ करोड ७१ लाख रुपैयाँमा सम्झौता भएको थियो।

दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी/निशान/आचार्य जेभी एक वर्षदेखि काममा फर्किएको छैन। ठेक्काको म्याद २०७९ साल जेठ २६ गते सकिए पनि हालसम्म निर्माण व्यवसायी काममा नफर्केको हो।

सडक कालोपत्र भइसक्ने समयमा बल्ल निर्माण व्यवसायी सम्पर्कमा आएर म्याद थप्ने गरी प्रक्रियामा गएको काठेखोला गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए। ‘सडक निर्माणमा ढिलाइ भएको छ, निर्माण व्यवसायीले कोरोनाका कारण काम गर्न नसकेको बताएको छ । तर कोरोना मत्थर भएकै एक वर्ष भइसक्यो अझै काम थालेको छैन, ठेक्का सम्झौतापश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम भएको देखिन्छ,’ उनले भने, ‘गाउँपालिकामा पहिलो पटक रेश जाने सडक कालोपत्र गर्ने भए पनि निर्माण व्यवसायीको लापरबाही देखिएको छ, अहिले म्याद थप गर्ने र काममा फर्कने सहमति भएको छ।’

उनका अनुसार कोरोनाका कारण असार मसान्तसम्म म्याद थप्ने प्रावधान भएकाले सोही समयसम्म म्याद थप गर्न काठेखोला गाउँपालिकाले सहमति जनाइसकेको छ। गाउँपालिकाको गौरवको योजनाका रूपमा रहेको गाउँपालिकाको केन्द्रबाट रेश जाने सडक कालोपत्रका लागि ठेकेदार कम्पनीलाई गाउँपालिकामा बोलाएर ताकेता गरिएको र एक महिना भित्रै काममा फर्कने सहमति भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।

‘सडक कालोपत्रमा ढिलाइ भएकै छ तर हामीले समन्वय गरेर मात्रै काम अघि बढ्ने देखियो म्याद थप गर्न सहमति दिएका छौँ, निर्माण व्यवसायीले काम तुरुन्तै थाल्ने आश्वासन दिनुभएको छ,’ उनले भने, ‘जतिसक्दो कालोपत्र सक्न भनेका छौँ, हामी निरन्तर निर्माण व्यवसायीलाई दबाब दिएका छौँ ।’

सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकिएको निर्माण व्यवसायीको दाबी छ। कोरोनाका कारण काममा ढिलाइ भए पनि सडक म्याद थप गर्दा साथ कालोपत्रका लागि काम थाल्ने जोशी/निशान/आचार्य जेभीका आधिकारीक प्रतिनिधि प्रकाश आचार्यले जानकारी दिए।

‘धेरै पूर्वाधारको काम भएको छ, कोरोनापछि हाम्रो म्याद सकियो म्याद थप गर्ने सहमति भएको छ, थप भएपछि काममा फर्कन्छौँ,’ उनले भने, ‘सडकमा केही नालीको कामसहित कालोपत्रको काम बाँकी छ, अहिले चार किलोमिटर सडकमध्ये एक किलोमिटर सडक ढलानसमेत गरिनेछ।’

उक्त सडकको शुरुवामा पर्ने एक्लेखेतमा पाँच करोड रुपैयाँ लागतमा मोटरेबल पुल निर्माण भएर बाह्रैमास सवारी चल्ने भए पनि सडक समयमै कालोपत्र नहुँदा यात्रुलाई सास्ती भएको छ। अहिले रेश जाने सडक धुलाम्मे छ भने केही ठाउँमा बर्खामा खसेको पहिरोसमेत पन्छाउन बाँकी रहदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्यर रहेका छन्।


Read Previous

पोखरामा कहिले सुरु हुन्छ तार भूमिगतको काम ?

Read Next

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *