Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

नेपाल–भारतबीचको ऊर्जा सचिवस्तरीय बैठक फागुनमा, विद्युत व्यापार र पूर्वाधार सुदृढीकरणबारे छलफल हुने


काठमाडौ । नेपाल र भारतबीत भएको विद्युत व्यापार सम्झौता (पीटीए) कार्यान्वयन गर्न गठित सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक आगामी फागुनमा बस्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार, आगामी फागुन ५ र ६ गते अर्थात फेब्रुअरी १७ र १८ मा नयाँ दिल्लीमा दशौ बैठक बस्न लागेको हो । नवौ बैठक भने गत बर्षको फागुनको ११ र १२ गते काठमाडौमा बसेको थियो । बैठकले सो बैठकले दुई देशबीच ठूला आयोजनाहरु निर्माणमा सहकार्य गर्ने निर्णय गरेसँगै संयुक्त पश्चिम सेती, तल्लो अरुण लगायतका ठूला आयोजनाहरुमा अघि बढाउनका लागि समझदारी पनि भैसकेको छ ।

आगामी फागुनमा हुने बैठकमा भने चालु बर्षकै हिउँदमा विद्युत आयात र बर्षामा विद्युत निर्यात, नेपाल र वंगलादेशबीच हुने विद्युत व्यापारका लागि भारतले गर्नुपर्ने सहजीकरण, बुटबल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको पावर सेलिङ एग्रिमेन्ट (पीएसए), अन्य प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन निर्माण ढाँचा लगायतका छलफल हुने कार्यक्रम छ ।

ऊर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवालले आगामी फागुनमा हुने बैठकमा द्धिदेशीय र त्रिदेशीय विद्युत व्यापारका साथै दुई देशबीचकाृ पूर्वाधार सुदृढीकरणबारे छलफल हुने जानकारी दिए । ‘सचिवस्तरीय जेएससी र सह–सचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) कौ बैठकका एजेण्डाहरुमा अझै छलफल भईरहेको तर विशेष गरी विद्युत व्यापार र पूर्वाधार सुदुढीकरणबारे छलफल हुनेछ ।’ उनले भने ।
बंगलादेशले नेपालबाट बिजुली निर्यात गर्ने लक्ष्य राखेपनि यसका लागि भारत सरकारले स्वीकृति आवश्यक पर्छ तर हालसम्म यसबारे छलफल भईरहेपनि टुंगो लागिसकेको छैन । यसबारे पनि बैठकमा छलफल हुने कार्यक्रम छ । यसअघि बंगलादेश र भारतबीच भएको छलफलमा बंगलादेशले नेपालसँग विद्युत आयातका लागि आफूहरु तयार रहेको बताउँदै यसमा सहजीकरण गर्ने प्रस्ताव राखिसकेको छ ।

नेपालले हाल भारतबाट खुल्ला बजारबाट करिब ५ सय मेगावाट आयात गरिरहेको छ भने भारतले बर्षाका लागि खुल्ला बजारमा ४५१ मेगावाटका बराबरको बिजुली निर्यातका लागि विभिन्न आयोजनाहरुलाई अनुमति दिईसकेको छ । आगामी बर्षामा माग १९ सय मेगावाट पुग्ने तर उत्पादन करिब तीन हजार मेगावाट पुग्ने नेपाल विद्युत प्राधिकरणको प्रक्षेपण छ । बर्षामा खेर जाने बिजुली बेच्नेबारे पनि बैठकमा नेपालले छलफल गर्नेछ । नेपालले करिब एक हजार मेगावाट बराबर बिजुली निर्यातका लागि प्रस्ताव भने गरिसकेको छ ।


Read Previous

जयवागेश्वरीमा काठमाडौं महानगरपालिका-८ को भवन बन्ने

Read Next

सरकारले बन्द भएका उद्योग सञ्चालन गर्छ : मन्त्री भण्डारी

Leave a Reply

Your email address will not be published.