Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

जयवागेश्वरीमा काठमाडौं महानगरपालिका-८ को भवन बन्ने


काठमाडौं । काठमाडौं महानगरपालिका–८ को भवन जयवागेश्वरीमा बन्ने भएको छ। महानगरपालिकाको तीन करोड रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको हो।

भवनको महानगरपालिकाका प्रमुख बालेन शाह, कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले शिलान्यास गरेका छन्। पशुपति क्षेत्र विस्तारका क्रममा करिब २५ वर्षअघि वडा भवन भत्काइएको थियो। वडा भवन भत्काइएपछि हाल पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय सञ्चालन भइरहेको छ।

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नामका रहेको जग्गामा बनाउन लागिएको हो। तीन वर्षअघि तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले पनि भवन शिलान्यास गरेका थिए। वेद विद्याश्रमले विरोध गरेपछि काम रोकिएको हो । यसपटक भने कोषले निर्माण गर्न पत्र नै दिएपछि शिलान्यास गरिएको हो। वेद विद्याश्रम कोषअन्तर्गत सञ्चालनमा रहेको छ।

कार्यक्रममा महानगर प्रमुख शाहले कोषले वडा भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकामा धन्यवाद दिए। उनले तोकिएकै समयमा भवन निर्माण हुने र नयाँ भवन बनेपछि वडा कार्यालयको सेवा प्रवाह सही हुने विश्वास व्यक्त गरे।

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र रहेको पवित्र तीर्थस्थल भएकाले पनि यो महत्वपूर्ण स्थान भएको उनको भनाइ थियो। सम्पदा क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्दै नेपालकै गौरवशाली पवित्र तीर्थस्थलका रूपमा विकास गर्न महानगरले काम गर्ने महानगर प्रमुख शाहको प्रतिबद्धता थियो। कोष र महानगरपालिका सँगसँगै मिलेर अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिएका थिए।

कार्यक्रममा वडाध्यक्ष सङ्गतले लामो समयको प्रयासपछि वडा नं ८ ले भवन बनाउन जग्गा पाएकामा खुसी व्यक्त गरे। नक्साअनुसार सांस्कृतिक, मौलिकताले भरिएको भवन बन्ने उनले बताए। पशुपति क्षेत्रको इँटापाखामा स्वर्ण गणेश, गायत्री मार्गमा ब्रह्मा मन्दिर र जयवागेश्वरीमा महामृत्युञ्जय मन्दिर पुनःनिर्माणको शिलान्याससमेत गरिएको वडाध्यक्ष सङ्गतले जानकारी दिए।


Read Previous

जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

Read Next

नेपाल–भारतबीचको ऊर्जा सचिवस्तरीय बैठक फागुनमा, विद्युत व्यापार र पूर्वाधार सुदृढीकरणबारे छलफल हुने

Leave a Reply

Your email address will not be published.