Nepal Purbadhar

दुई लघुवित्तले घोषणा गरे लाभांश


काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्तको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार १५० छ।

साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र शून्य दशमलव ९४ प्रतिशत नगद गरी १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लघुवित्तको चुक्ता पुँजी २७ करोड छ।

दुबै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ।

Facebook Comments

Read Previous

विद्युत् मिटर जडान नहुँदा सिँचाइमा समस्या

Read Next

पर्वत अस्पताललाई डिजिटल एक्सरे मेसिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar