Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

चीनले रेकर्ड बनाउँदै एक वर्षमा प्रसारण प्रणालीमा थप्यो ८७ हजार मेगावाट सौर्य विद्युत


काठमाडौं । उत्तरको छिमेकी चीनले कोइलामाथिको निर्भरता घटाउन तथा जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गर्ने सरकारी लक्ष्य पछ्याउँदै एक वर्षमा ८७ हजार मेगावाट विद्युत सौर्य ऊर्जाको स्रोतबाट उत्पादन गरेको छ । कोइला संकटले विद्युत आपूर्तिमा आएको संकट न्युनिकरण गर्न तथा कार्बन उत्सर्जन कम गर्ने लक्ष्य भेट्टाउन एक वर्षमा यति विद्युत आफ्नो प्रसारण प्रणालीमा थप गरेको हो ।

चीनले सन् २०२२ मा थप गरेको सौर्य विद्युतको परिमाण अहिलेसम्मकै उच्च हो । चीनले एक वर्षमा अहिलेसम्मकै बढी विद्युत सौर्य ऊर्जाबाट उत्पादन गरेर रेकर्ड कायम गरेको त्यहाँको राष्ट्रिय ऊर्जा प्रशासनलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

सन् २०२१ मा करिब ५५ हजार मेगावाट विद्युत उत्पादन गरेको चीनले गत वर्ष यो भन्दा ३२ हजार मेगावाट बढी विद्युत प्रसारण प्रणालीमा थप गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् २०२२ मा उद्योगहरूमा १ लाख मेगावाट थप विद्युत खपत बढ्ने प्रक्षेपण गरिएको थियो । तर, उद्योगको उत्पादनको आपूर्ति श्रृङ्खला प्रभावित भई मूल्यवृद्धि हुँदा त्यसको असर सौर्य ऊर्जा प्रणाली जडानमा पनि परेको थियो ।

सौर्य ऊर्जा प्रणालीको आपूर्तिमा कमी, प्यानको मूल्यमा भएको वृद्धिका कारण उद्योगमा बढ्ने विद्युत माग प्रक्षेपणभन्दा कम मात्र बढेको छ । उद्योगको विद्युत खपत प्रक्षेपणअनुसार नबढ्दा समेत चीनले एक वर्षमा ८७ हजार मेगावाट सौर्य ऊर्जा उत्पादन गरेर रेकर्ड कामय गरेको हो ।

सन् २०२२ मा सौर्य ऊर्जा प्रणालीमा जडान हुने उपकरणको मूल्यवृद्धि एक दशक यता सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । सन् २०२३ मा गत वर्षकोभन्दा बढी सौर्य विद्युत उत्पादन गरेर अर्को रेकर्ड कायम गर्न सक्ने अनुमान गरिएको छ ।

यस्तै, चीनले सन् २०२२ मा ३७ हजार ६ सय मेगावाट विद्युत वायु ऊर्जाबाट प्रसारण प्रणालीमा थप गर्न सफल भएको छ । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिश बढी हो । यहि अवधिमा ४४ हजार ७ सय मेगावाट विद्यत थर्मल पावर प्लान्टबाट थप गरेको छ । तर, यो अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम हो ।

जलवायु परिवर्तनको बढ्दो असर न्युनिकरण गर्न नवीकरणीय ऊर्जाको उत्पादन बढाउनु पर्ने तवाव चीनलाई छ । कोइलाबाट चल्ने थर्मल प्लान्टको विद्युतमा भर पर्नु पर्ने बाध्यताको अन्त्य गर्न चीनले नवीकरणीय ऊर्जा उत्पादनमा लगानी बढाउँदै लगेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा अनुवाद


Read Previous

राष्ट्रिय प्राथमिकताका आयोजना : वर्षेनि करोडौँ बजेट विनियोजन, प्रगति शुन्य

Read Next

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

Leave a Reply

Your email address will not be published.