Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको अवलोकनमा पूर्वाधारमन्त्री


चितवन। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसहितको टोली लिएर सडकका विभिन्न आयोजना र विकासको स्थलगत निरिक्षण गर्न उपत्यका बाहिर निस्किएका छन् ।

उनले स्थानीय सरकारका प्रमुख एवं प्रतिनिधि, निर्माणसँग सम्बन्धित निकाय र सरोकारवालाबीच भरतपुर महानगरपालिका कार्यालयमा मंगलबार छलफल गरेका छन् ।

भरतपुर मेयर रेणु दाहालले बसपार्क चोकदेखि देवघाटचोकसम्मको बाइपास निर्माणमा अत्यन्तै ढिलासुस्ती भएको, मेघौलीसम्मको बाँकी सडक सम्पन्न गर्न बजेट बिस्तार गर्नुपर्ने, महानगरबाट पश्चिम गोलाघाटमा पुल आवश्यक भएको र माडीठोरी सडकलाई गति दिनुपर्ने बताइन ।

माडीका मेयर ताराकुमारी महतोले राष्ट्रिय निकुञ्जबाट निस्कने जनावरका कारण सास्ती भोग्नुपरेको बताए । चितवन राष्ट्रिय निकुञ्जका निमित्त वाडेन रमेश तिवारी भने विद्यमान कानुनमा टेकेर निकुन्जले सडक र पुल निर्माणमा सहयोग गर्ने उल्लेख गरे ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अहिले मन्त्रालयले सुझाव संकलन गरिरहेको र सुझावलाई संस्लेषण गरेर कार्वान्यनमा लैजाने जानकारी दिए ।  ‘सरकारको एक तिहाइ बजेट यहि मन्त्रालयमा छ। हामीले सुशासन, यातायात क्षेत्रको सुधार र भौतिक पुर्वाधारमा भ्रष्टाचार र अनिमियताको अन्त्य गरेर देशलाई बिकासको गति दिनु छ।’ उनले भने ।

त्यसक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माडी नगरपालिकाकी मेयर ताराकुमारी महतो र अन्य सरोकारवालाको भनाइ सुनेपछि उनले सकारात्मक हस्तक्षेप गरेर गुणात्मक आर्थिक, सामाजिक रुपान्तरण र समृद्धि निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

भौगौलिक महत्त्व र जनसंख्या सबै हिसाबले भरतपुर राष्ट्रिय महत्वको महानगर भएको यसलाई केन्द्र सरकारले महत्त्वका साथ सहयोग गर्ने उल्लेख गरे । ‘निर्माणका क्रममा रहेका तर अपेक्षित गति नपाएर जनताको सास्तिकै रुपमा रहेका आयोजनाले अब गति लिनेछन्’ उनले भने,’माडीको समस्यालाई मैले नजिकबाट अनुभूति गरेको छु। हामी माडीको बिकासलाई समेत प्राथमिकताका साथ अघि बढाउँछौ।’

लगत्तै उपप्रधानमन्त्री श्रेष्ठले असाध्यै ढिलासुस्ती गरिएको गुनासो आएको बसपार्क-देवघाट बाइपास ४ किमी सडकको अनुगमन गरे। अनुगमनका क्रममा उपस्थित निर्माण व्यवसायीले असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्दता जनाए ।

त्यसक्रममा चितवनकै छ लेनको सडक पनि अनुगमन गरे ।  मेयरसहित सडक अनुगमन गरेका उनले ६ लेन सडकका निर्माण व्यवसायीले असारसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छ्न ।

उपप्रधानमन्त्री श्रेष्ठले नारायणगढ-बुटवल सडक खण्डका परामर्शदाता र निर्माण व्यवसायीलाइ भेटी कामलाई गुणस्तरसहित तदारुकताका साथ सम्पन्न गर्न निर्देशन दिने कार्यक्रम समेत छ। यसअघि साेमबार साँझ गोरखाको आँबुखैरेनी पुगेर मुग्लिङ-पोखरा सडक खण्डको निर्माण प्रगतिबारे आयोजना निर्देशक,निर्माण व्यवसायी परामर्शदातासङ्ग छलफल गरे । त्यसक्रममा कामलाइ द्रुत र गुणस्तरीय ढङ्गले अघि बढाउन निर्देशन दिए ।


Read Previous

हिमालय एयरलाइन्सको काठमाडौँ–बेइजिङ उडान सुरु

Read Next

आर्थिक वर्षको ६ महिना बित्दा पुँजीगत खर्च १४ प्रतिशत मात्र

Leave a Reply

Your email address will not be published.