Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

आर्थिक वर्षको ६ महिना बित्दा पुँजीगत खर्च १४ प्रतिशत मात्र


काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा लक्ष्य अनुसारको पुँजीगत खर्च गर्न असफल भएको छ । सरकारले चालू आवको आधी अवधिमा मुस्किलले विनियोजित बजेटको १४ प्रतिशत मात्रै खर्च गरेको छ ।

अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि पूर्वाधार लक्षित पुँजीगत खर्च गर्न चुकेको छ । महालेखा नियन्त्रक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार सरकारले चालू आवको ६ महिनाको अवधिमा १४.०५ प्रतिशत अर्थात ५३ अर्ब ४५ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।

सरकारले चालू आर्थिक वर्षको लागि तीन खर्ब ८० अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । सरकारले चालु आवका लागि चालू, पुँजीगत र वित्तीय व्यवस्थापनतर्फ गरेर १७ खर्ब ९३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

चालू आवको ६ महिनाको अवधिमा तीन वटै शीर्षकमा सरकारले ५ खर्ब ७६ अर्ब ४१ करोड अर्थात् ३२.१३ प्रतिशत खर्च गरेको छ । यो कुल लक्ष्यको ३२.१३ प्रतिशत मात्रै हो ।

सरकारले नियमित (चालू खर्च) खर्चतर्फको शीर्षकमा यो अवधिसम्म चार खर्ब ५५ अर्ब खर्च गरेको छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ६७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्चतर्फ भने ५३ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेको छ ।

अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९को पुस मसान्तसम्मको अवधिमा भने पुँजीगत खर्च भने ५० अर्ब ८० करोड ९८ लाख अर्थात १३.४४ प्रतिशत मात्रै भएको थियो ।

गत आवको ६ महिनाको अवधिमा सरकारले चालु खर्चतर्फ ४ खर्ब ७५ अर्ब २२ करोड खर्च गरेको थियो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ भने ४९ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको थियो । गत आवमा सरकारले तीन वटै शीर्षकमा १६ खर्ब ३२ अर्ब ८२ करोड विनियोजन गरेको थियो ।

सोमध्ये तीन वटै शीर्षकमा भने ५ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको थियो । चालू आवको पहिलो त्रैमाशमा वर्षात्को समय हुने भएकाले पनि पर्याप्त मात्रामा पुँजीगत खर्च हुँदैन।

चालू आवको दोस्रो त्रैमाश सकिँदा पनि पुँजीगत खर्च पर्याप्त हुन सकिरहेको छैन । गत पुस २० गते गृह मन्त्रालयले मुलुकभर रहेका अवैध क्रसर उद्योग बन्द गर्ने निर्देशन दिएसँगै अहिले निर्माणाधीन परियोजनाहरू पनि प्रभावित हुदैँ आइरहेका छन् ।

चालू आवको दोस्रो त्रैमास पूर्वाधार निर्माणको मुख्य सिजनमा पनि निर्माण सामग्रीको चर्काे अभाव र मूल्यवृद्धिको कारणले पूर्वाधार निर्माणको कामले गति लिन सकेको छैन ।

सरकारले यो वर्ष पनि अहिलेको काम गर्ने प्रवृतिमा सुधार नगर्ने हो भने पर्याप्त मात्रामा पुँजीगत खर्च गर्न नसक्ने देखिन्छ ।


Read Previous

मुग्लिङ-पोखरा र नारायणघाट-बुटवल सडकको अवलोकनमा पूर्वाधारमन्त्री

Read Next

‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी पुर्‍याइयो

Leave a Reply

Your email address will not be published.