Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

सिटिजन्स बैंकको एपबाटै मुद्दती खाता खोल्न सकिने


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले एपबाट सिधै मुद्दती निक्षेप खाता खोल्ने नयाँ सुविधा ल्याएको छ। ग्राहकले बैंकको एप प्रयोग गरेर विभिन्न मुद्दती निक्षेप योजना, अवधि र इच्छित रकम चयन गर्न सक्नेछन् । फिक्स्ड डिपोजिट रकमको न्यूनतम सीमा दश हजारदेखि पााच लाख रुपैयाँसम्म तोकिएको बैंकले जनाएको छ ।

त्यसैगरी, सिटिजन्स स्मार्ट एपबाट मुद्दती निक्षेप अनुरोध सुविधा पनि ल्याएको बैंकले मुद्दती निक्षेप खाता भएका ग्राहकले मुद्दति निक्षेप रकमको ९० प्रतिशतसम्म ऋणको लागि अनुरोध गर्न सक्नेछन्। यसबाहेक बैंकको कर्पोरेट कार्यालयमा रहेको सर्भिस प्रणालीबाट मुद्दती निक्षेप खोल्ने सुविधा पनि ल्याएको बताएको छ।

सिटिजन्स स्मार्ट एपमार्फत बैंकका सबै शाखाबाट डिजिटल काउन्टरमार्फत नगद झिक्ने, बैंकका सबै एटीएमबाट कार्डलेस सर्भिस, ई–नगद र इ–भाउचर जस्ता सुविधाहरु उपलब्ध रहेका छन्। त्यस्तै, डेबिट कार्ड रिक्वेस्ट, ब्लक, रिफ्रेस पिन, रि–पिन, मेरोसेयर रिक्वेस्ट र क्यूआर मर्चेन्ट रिक्वेस्ट जस्ता ग्राहक सेवासँग सम्बन्धित सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ।


Read Previous

‘विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का’

Read Next

पर्यटकीय गन्तव्य बन्दै पूर्वी रुकुमको लुकुम गाउँ

Leave a Reply

Your email address will not be published.