
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले ट्रेजरीको मंगलबार नै बोलकबोल गरेर सोही दिन बिक्री गर्ने भएको हो ।
दिउँसो २ बजे ट्रेजरी बिलको बोलकबोल हुने हुने बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको समय सीमा भित्र तोकिएको रकमका लागि आवेदन दिन सक्नेछन्। यद्यपि, उक्त ट्रेजरी राष्ट्र बैंकले नवीकरण गर्न लागेको हो।
५ अर्ब २० करोड रुपैयाँको ट्रेजरीको पुनः ९१ दिनको नवीकरण हुनेछ ।
Facebook Comments