Nepal Purbadhar

मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

आँबुखैरेनीमा १५ शय्याको अस्पताल सञ्चालनमा


तनहुँ । जिल्लाको पूर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालन भएसँगै गाउँपालिकाका नागरिकलाई उपचारमा सहज भएको छ । गण्डकी प्रदेशकै पहिलो (इएचआर) इलेक्टोनिक्स हेल्थ रेकर्ड प्रविधि जडित अस्पतालबाट सेवा दिन थालिएकाले यहाँका बासिन्दालाई उपचारमा सहज भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

‘गाउँपालिकाले अस्पतालमा सञ्चालनमा ल्याएको करिब एक महिनाको अवधिमा प्रविधिमैत्री बनाइएको हो । अबको दुई महिनापछि शल्यक्रिया सेवासमेत उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘पेपररहित कार्यले बिरामीले कागजको भारी बोकेर अस्पताल धाउनुपर्ने समस्या अन्त्य हुने विश्वास लिएका छौँ ।’

भिडियो एक्सरे, एक्सरे, ल्याब परीक्षणको रिर्पोट र चिकित्सकले रिर्पोटको आधारमा लेखिदिएको औषधिसमेत सबै जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको अस्पताल प्रशासन शाखाका प्रमुख मुकेशकुमार शाहले जानकारी दिए ।

नयाँ प्रविधिसहित सबै कोठामा कम्प्युटर जडानका लागि पचास लाख रुपैयाँ खर्च भएको गाउँपालिका कार्यालयले जनाएको छ । कर्मचारीलाई उक्त प्रविधि सम्वन्धी तालिम प्रदान पश्चात् प्रयोगमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले बताए ।


Read Previous

ग्वार्कोमा फ्लाइओभर निर्माण सुरु हुँदै

Read Next

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *