Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

३८ वर्षपछि नेपालगञ्ज क्षेत्रकाे विद्युत माग ८ सय मेगावाट पुग्ने,संरचना विस्तारमा प्राधिकरणकाे लगानी


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर  क्षेत्रको ३८ वर्षपछिकाे विद्युत माग प्रक्षेपण गरी विद्युतीय संरचना विस्तारमा लगानी गर्ने भएकाे छ । प्राधिकरणले सन् २०५० सम्म वृद्धि हुन सक्ने विद्युतको सम्भावित माग प्रक्षेपण गरी यस क्षेत्रकाे विद्युत आपूर्ति दीगाे, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीकाे  पूर्वाधार सञ्जाल निर्माणमा लगानी गर्न लागेकाे हाे ।

नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा भइरहेको शहरीकरण एवं औद्योगीकरणका आधारमा सन् २०५० भित्र त्यस क्षेत्रमा खपत हुने विद्युत माग करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणले गरेकाे छ । ३८ वर्षपछिमा माग र आपूर्ति व्यवस्थापन मिलाउन उच्चस्तरका प्रसारण तथा वितरण लाइनतर्फका पूर्वाधार संरचना चरणबद्ध रूपमा बनाउने याेजनाअनुसार काम गर्न सुरु गरेकाे प्राधिकरणले जनाएकाे छ ।

देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै खपत बढाउन र पर्याप्त, भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्तिका लागि नेपालगञ्ज क्षेत्रमा प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार र सुदृढीकरण गर्न लागिएको हो । विद्युत आपूर्तिको तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण तथा स्तराेन्नति र विस्तार गर्ने प्राधिकरणकाे याेजना छ । दीर्घकालीन विद्युत माग सम्बोधन गर्न तथा विद्युत खपत बढाउन ४००, २२० र १३२ केभी उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसन निर्माण गरिने  प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार नेपालगञ्ज क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्यमान प्रसारण र वितरण लाइन तथा सबस्टेसनहरुको स्तरोन्नति/सुदृढीकरणका लागि तत्काल गर्नु पर्ने कामका बारेमा जानकारी लिएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार परामर्शदातासमेत सम्मिलित टोलीले भविष्यको विद्युत मागलाई सम्बोधन गर्न बनाउनु पर्ने नयाँ लाइन तथा सवस्टेसनहरू निर्माणस्थल, रुटको पहिचानलगायतका विषयमा स्थलगत रुपमा अनुगमन गरियाे ।

प्राधिकरणले अब यहि आधारमा तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने योजना तयार गरी सोही आधारमा प्रसारण र वितरण लाइन र सबस्टेसन निर्माण अगाडि बढाउने घिसिङले बताए । उनले विद्युत उपभोक्ताले बेहोर्दे आएको तत्कालको समस्या समाधान गर्न ११ तथा ३३ केभी लाइन र सबस्टेसनको सदृढीकरण एवं विस्तार गर्न प्राधिकरणले काम गर्ने उनले बताए ।

३३ र ११ केभी लाइन सुधारका लागि आवश्यक काम भइरहेको कार्यकारी निर्देशक घिसिङले प्रष्ट पारे । प्राधिकरणले कोहलपुरमा १३२ केभीको नयाँ सबस्टेसन निर्माण गर्न लागेको छ । सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ । अहिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताहरुको प्रस्ताव  मूल्याङ्कन भइरहेको छ ।

उक्त सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नेपालगञ्जस्थित ३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाएर लाइन छिराउने योजना बनाएको छ । अहिले नेपालगञ्जमै रहेको अर्को ३३/११ केभी सबस्टेसनको पनि क्षमता विस्तारको काम भइरहेको छ । यसबाट नेपालगञ्ज क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने छ ।

‘भविश्यमा नेपालगञ्ज क्षेत्रमा हुने विद्युतको मागलाई सम्बोधन गर्न दाङको लमहीबाट राप्ती नदीको आसपासबाट बाँके, बर्दियाको मैनापोखरी हुँदै कैलालीको टीकापुरसम्म दक्षिण करिडो ४००/२२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरिरहेका छौं’,उनले भने, ‘भारतसँगको थप विद्युत व्यापारका लागि कोहलपुरबाट भारतको नानपारासम्म उच्च क्षमताको लाइन बनाउन लागेका छौं,यसबाट भोल्टेज सुधार हुनेछ ।’ उनले भविश्यमा यो क्षेत्रमा हुने वस्ती विकास र खुल्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति दिन सकिने बताए ।

अहि अवधिमा यस क्षेत्रमा उपयाेग हुन नसकेर  बढी भएको विद्युत निर्यात गर्न पूर्वाधारसमेत तयार हुने  घिसिङले बताए । बझाङ, दार्चुलाका जलविद्युत र बाँकेको सौर्य आयोजनाबाट उत्पादित विद्युत चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने हुँदा गत वर्षभन्दा यो वर्ष भोल्टेजको समस्या कम हुने उनकाे भनाइ छ ।

अहिले चालू अवस्थामा रहेका प्रसारण तथा वितरण प्रणालीले गर्मीयाममा नधान्दा नेपालगञ्ज क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ, भोल्टेज डाउनलगायतका समस्या उपभोक्ताहरुले बेहोर्दै आएका छन् ।  अहिले त्यस क्षेत्रमा विद्युत आपूर्तिका लागि नजिकमा कुनै जलविद्युत विद्युतगृह नहुँदा खासगरी गर्मीयाममा भोल्टेजको समस्या आउने गरेकाे हाे ।

प्राधिकरणले भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको ४ सर्किट प्रसारण लाइन र सबस्टेसनहरु निर्माण गर्ने योजना अगाडि बढाएको छ । ४ सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ ।

स्थानीय क्षेत्रमा विद्युत आपूर्तिका लागि ठाउँ–ठाउँमा सबस्टेसनहरुको निर्माण गरिने छ । अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सबस्टेसनहरू रहने स्थान तय गर्ने कामहरु भइरहेको छ । कोहलपुरबाट कर्णाली प्रदेशको सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ ।

सुर्खेतबाट दैलेखसम्म १३२ केभी प्रसारण लाइन निर्माण गर्न टेण्डरको प्रक्रियामा छ । दैलेखबाट जुम्लासम्म १३२ केभी लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । सबै लाइनहरु निर्माण सम्पन्न भएपछि कर्णाली नदी जलाधार क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत कोहलपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।


Read Previous

ताेकिएकाे गहिराइसम्म खानेपानी पाइप नगाडेकाे कारण टीकापुरमा पाइप काटिने समस्या, उपभोक्ता मर्कामा

Read Next

आइडिया स्टुडियो नेपालले सार्वजनिक गर्यो तीन ‘प्रडक्ट’

Leave a Reply

Your email address will not be published.