Nepal Purbadhar

नेपाल भारत व्यापारको लागि महत्वपूर्ण मिनगञ्ज पुल सञ्चालनमा, सय किलोमिटर दूरी छोटियो


काठमाडाैं । नेपाल र भारतबीच व्यापार सहजीकरणको लागि महत्वपूर्ण मिनगञ्ज पुल सञ्चालनमा आएको छ ।

जोगबनी नाकाबाट ४ किलोमिटरमा रहेको पुल भासिदा करिब ११ महिनादेखि ढुवानी असहज भएको थियो । विराटनगर भन्सार कार्यालयका अनुसार बुधबारदेखि नयाँ पुल सञ्चालनमा आएको हो ।

साविको पुल भासिएपछि भारत सरकारले नयाँ आरसीसी मोटरेवल पुल निर्माण गरी सञ्चालनमा ल्याएको हो । यो पुल सञ्चालनमा आएपछि भारतलगायत तेस्रो देशबाट विराटनगर भन्सारसम्म सामान ल्याउन ढुवानीको साधनलाई न्यूनतम १ सय किलोमिटर दूरी छोटिनेछ ।

पुल नहुँदा विराटनगर भन्सार पुग्न लागि ढुवानीका साधनले लामो दूरी घुम्नुपथ्र्यो । यसले ढुवानीको लागि आवश्यक पर्ने समय र रकम दुवैको बचत गर्नेछ ।

पुल सञ्चालनमा आएपछि ट्वीटरमार्फत भारतका लागि नेपाली राजदुत डा. शंकर शर्माले नेपाल भारतबीच यातायात सहजीकरणको लागि महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गरेका छन् ।

‘भारतले जोगवनीमा पुनः निर्माण गरेको मिरगञ्ज पुल सञ्चालनमा आएपछि १ सय किलोमिटर दूरी घटनुको साथै वार्षिक रुपमा व्यापारमा हुने करोडौ रुपैयाँ यातयात खर्च बचत हुनेछ’ उनले भने ।


Read Previous

प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए १ लाखसम्म जरिवाना

Read Next

‘पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायहरूबीचको सहकार्य आवश्यक’