Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

माउन्टेन इनर्जीले मिस्ट्री खोला-२ बनाउँदै,पिपिएपछि संरचनाको काम थालिने


काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना सफल निर्माण गरी सञ्चालनमा ल्याएको माउन्टेन इनर्जी नेपाल कम्पनीले १२ मेगावाटको मिस्ट्री खोला-२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अहिले सञ्चानमा रहेको मिस्ट्री खोलाको क्यासकेड आयोजनाकोरूपमा मिस्ट्री खोला–२ निर्माण गर्न लागिएको हो ।

आयोजनाको अध्ययन पूरा भइसकेको छ । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पनि स्वीकृत भइसकेको छ । कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई आयोजनाको उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना सार्वजनिक गरेको छ ।

विभागले उत्पादन अनुमतिपत्र दिनुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने अवस्था रहेमा त्यसबारे लिखित राय/सुझाव पेश गर्न सम्बन्धित सरोकारवालामा आग्रह गरेको छ ।

सरोकारवालाबाट आउने लिखित राय/सुझावको अध्ययनपछि आयोजनाको उत्पादन अनुमतिपत्र जारी गर्ने प्रक्रिया पूरा हुने विभागले जनाएको छ । नदीको बहावमा आधारित यो आयोजनामा मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निकास हुने पानीको उपयोग गरी विद्युत उत्पादन गरिनेछ । आयोजनामा घट्टे खोलाको पानी पनि मिसाइनेछ ।

आयोजनाको नेट हेड ७७.४३ मेगावाट रहने गरी डिजाइन गरिएको छ । २०८२ सालभित्र आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य छ । नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएपछि संरचना निर्माणको काम सुरु गरिने प्रवद्र्धक कम्पनीले जनाएको छ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६७.५२ गिगावाट गर्न विद्युत उत्पादन हुनेछ । विद्युतगृहमा ६ मेगावाट क्षमताका २ वटा उत्पादन युनिट राखिनेछ । आयोजनाले उत्पादन गर्ने विद्युत कालीगण्की कोरिडोर प्रसारण लाइनको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

दाना सबस्टेसनसम्म विद्युत पुर्याउने १३२ केभी प्रसारण लाइन पहिले नै बनिसकेको छ । मिस्ट्री-२ को विद्युतगृहदेखि मिस्ट्री खोलाको स्वीचयार्डसम्म करिब ३ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारण लाइन निर्माण गरे पुग्नेछ ।

मिस्ट्री खोलाको क्यासकेड आयोजना भएकाले मिस्ट्री खोला-२ मा बाँध निर्माण गर्नु नपर्दा निर्धारण हुने लागत र समयभित्र सम्पन्न गर्न सकिने कम्पनीले जनाएको छ ।


Read Previous

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा, कसकाे कुन कम्पनी कति वर्षकाे लागि कारबाहीमा ?

Read Next

अवैध संरचना हटाउन भरतपुर महानगरकाे ३५ दिने अल्टिमेटम

Leave a Reply

Your email address will not be published.