Nepal Purbadhar

बेलायतमा रहेका नेपाली इञ्जिनियरको ८ औँ सम्मेलन जुलाइमा


काठमाडौं । बेलायतमा रहेका नेपाली इञ्जिनियरको संगठन सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन युकेको आठौं सम्मेलन ८ जुलाइ २०२३, लण्डनमा हुने भएको छ ।

संगठनले ‘इन्जिनियरिङ फर इन्भाइरोन्मेण्ट’ नाराका साथ आठौं सम्मेलन आयोजना गर्दैछ ।

सम्मेलन विश्वव्यापी रूपमै वातावरण संरक्षणमा इञ्जिनियर र प्रविधिको भूमिकामा केन्द्रित हुनेछ ।

सम्मेलनमा पूर्वाधार विकास, नवीकरणीय ऊर्जा, स्वास्थ्य र सुरक्षा व्यवस्थापन, कृत्रिम बौद्धिकता, सर्कुलर र बायो–इकोनोमी, विपद् व्यवस्थापन, उन्नत प्रविधिको प्रयोग र इञ्जिनियरिङ समाधानलागतका बारेमा छलफल गरिनेछ ।


Read Previous

हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

Read Next

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने