Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

प्रशासनको सहयोगमा बलाँच-अत्तरिया लाइनको दोस्रो सर्किट पूरा गरिने,प्रवर्द्धकलाई विद्युत खेर जाने चिन्ता


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा १३२ केभी बलाँच–अत्तरिया प्रसारण लाइनको दोस्रो सर्किट पूरा गर्ने भएको छ । डडेलधुरा र दार्चुलामा गरी ६ किलोमिटर प्रसारण लाइनको दोस्रो सर्किटको तार तान्न स्थानीयले गरेको अवरोध ३ वर्षदेखि हट्न नसकेपछि प्रहरी प्रशासनको सहयोग लिएर काम अगाडि बढाउन लागिएको हो ।

सूदुरपश्चिम प्रदेशमा निर्माणाधीन धेरै जलविद्युत आयोजना विद्युत उत्पादनको चरणमा पुगिसकेकाले प्रसारण लाइनको काम पूरा गर्नुपर्ने दवाब प्राधिकरणलाई छ । पटक–पटकको वार्ता र छलफलबाट पनि स्थानीय समस्या समाधान गर्न राजी नभएपछि निर्वाचन लगत्तै प्रहरी प्रशासनको सहयोग लिएर काम सुचारु गराउने योजना रहेको आयोजना प्रमुख अनिल अधिकारीले बताए ।

‘६ किलोमिटरमा भएको अवरोधले ३ वर्षदेखि प्रसारण लाइनको दोस्रो सर्किटको तार तान्ने काम पूर्णरूपमा ठप्प छ,’ उनले भने,‘जति प्रयास गर्दा पनि सहमति हुन नसकेकाले प्रशासनको सहयोग लिने निर्णयमा हामी पुगेका छौं ।’ उनले स्थानीय अवरोध हट्ने हो भने पुसभित्र दोस्रो सर्किटको काम सकिने बताए ।

डडेलधुरामा स्थानीयबासीले बढी मुआब्जा माग गर्दै २०७६ देखि प्रसारण लाइनको काम पूर्णरुपमा ठप्प पारेका छन् । काम गर्ने ठाउँ नपाउँदा यसबिचमा ठेकेदार पनि आयोजना स्थल छोडेर गइसकेको थियो । बैंक ग्यारेन्टी सम्झौता नवीकरण गर्न विद्युत प्राधिकरणलाई गरेको प्रस्ताव स्वीकृत नभएपछि ठेकेदार आयोजना स्थलबाट गएको थियो ।

यसबिचमा विद्युत प्राधिकरण ठेक्का सम्झौता नतोडी बसेको थियो । निर्वाचनपछि काम सुरु गर्ने गरी निर्माण उपकरण आयोजना स्थल पठाई ठेकेदारलाई पनि त्यसको प्रमाणिकरण गर्न पठाइएको अधिकारीले बताए । ठेकेदार कम्पनीले पनि आयोजना स्थलमा पुर्याइएका निर्माण सामाग्री तथा उपकरणको प्रमाणिकरण गरिसकेको छ ।

उनले ठाउँ तयार भएपछि बाँकी काम सम्पन्न गर्ने गरी आयोजना स्थलमा ठेकेदार परिचालन गरिने बताए । डडेलधुरामा ५ किलोमिटर र दार्चुलामा १ किलोमिटर प्रसारण लाइनमा दोस्रो सर्किटको तार तान्न मात्रै बाँकी छ ।

प्राधिकरणका कर्मचारी डडेलधुरामा ४ पटकसम्म पुगेर आफ्नो प्रसारण लाइनको अवरोध हटाउन पहल गरेपनि स्थानीसँग सहमति हुन सकेन । प्रसारण लाइन बनाउँदा नै स्थानीयलाई जग्गाको मुआब्जा दिइसकेको हुँदा दोस्रो सर्किटमा मुआब्जा दिनु पर्ने नभएपछि स्थानीयले अवरोध गरिरहेका छन् । मुआब्जा नलिई अटेर गरेर बस्ने पनि केही परिवार छन् । केहीले थप मुआब्जा मागेर काम हुन दिएका छैनन् ।

विद्युत प्राधिकरणले धेरै पटक बाँकी मुआब्जा बुझ्न आग्रह गरे पनि स्थानीयले मानेका छैनन् । विद्युत प्राधिकरणले मुआब्जा र क्षतिपूर्तिका लागि पठाएको रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पहिले नै पठाइसकेको छ । अधिकांश स्थानीयले मुआब्जा र क्षतिपूर्ति रकम बुझिसके पनि थोरैले बुझ्न मानेका छैनन् ।

प्रभावित क्षेत्रका एक जना स्थानीयले जिल्ला अदालतमा मुद्दा समेत दायर गरे । अदालतबाट मुद्दाको किनारा लागिसकेपछि विद्युत प्राधिकरणले काम सुचारु गर्न प्रयास गर्दा स्थानीयले दिएनन् ।

कूल १३१ किलोमिटर प्रसारण लाइनमध्ये १२६ किलोमिटरको काम पहिले नै पूरा भइसकेको छ । आयोजना अन्तर्गत बलाँच, ल्याउले र अत्तरिया सबस्टेसनको स्तरोन्नति पनि हुँदैछ । बलाँच र स्याउनेको स्तरोन्नति गरिसकेको र अत्तरिया सबस्टेसनको स्तरोन्नतिका लागि ‘सर्टडाउन’ मागेको अधिकारीले बताए ।

विद्युत प्राधिकरणले स्थानीय अवरोध हटाई दोस्रो सर्किट निर्माण कार्य सुचारु गर्न नसकेका कारण यस क्षेत्रमा निर्माण अन्तिम चरणमा पुगेका जलविद्युत आयोजनाका प्रवर्द्धकलाई विद्युत खेर जाने चिन्ता छ । अहिले मौजुदा प्रसारण लाइनले सबै विद्युत बोक्न नसक्ने हुँदा विद्युत खेर जाने हो कि भन्ने चिन्ता बढेको हो ।

विद्युत प्राधिकरणले आगामी फागुनसम्ममा प्रसारण लाइनको दोस्रो सर्किटको काम सम्पन्न नगरे ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खेर जाने अवस्था आउने अपि पावर कम्पनीका प्रबन्ध निर्देशक सन्जीव न्यौपानेले बताए ।

‘हामीले विद्युत प्राधिकरणलाई प्रसारण लाइनको काम पूरा गरिदिन पटक–पटक ताकेता गरिसकेका छौं । उसले ३ वर्षदेखि ठप्प काम अहिलेसम्म सुचारु गर्न सकेको छैन । अब पनि तदारुकता नदेखाउने हो भने त्यो क्षेत्रमा सम्पन्न हुन लागेका जलविद्युत आयोजनाको विद्युत खेर जान्छ’ उनले भने ।

प्रसारण लाइनको बाँकी काम सम्पन्न गर्नुपर्ने पहल गर्न प्रवर्द्धकहरू सधैं विद्युत प्राधिकरण आइरहेकाले पुसभित्र पूरा गर्नुपर्ने दवाब रहेको अधिकारीले बताए । यो प्रसारण लाइनमा प्रवाह हुने गरी माथिल्लो चमेलियासहित बझाङको कालंगा बेसिनमा ६४ मेगावाटका ३ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

कालंगा बेसिका ३ वटा आयोजना विद्युत उत्पादनको चरणा पुग्दैछन् । माथिल्लो चमेलियाले पनि फागुनदेखि विद्युत उत्पादन गर्ने तालिका छ । १० मेगावाटकाे मकरीगाड पूरा हुँदैछ । चमेलिया बेसिनमा २८ मेगावाटको मध्य चमेलिया, ८६ मेगावाटको छत्तिगाड ३० मेगावाटको बझाङ सेती आयोजना निर्माणको चरणमा छन् ।


Read Previous

नवलपरासीका मतदाता भन्छन, ‘विद्युत् आएन तर भोट हाल्ने दिन आयो’

Read Next

मनाङमा ३ महिनामै भित्रिए ४ हजार पर्यटक

Leave a Reply

Your email address will not be published.