Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

रसुवागढीको विद्युत चालू वर्षमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने


काठमाडौं । रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको विद्युत चालू आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न काम भइरहेको छ । लक्ष्यभन्दा धेरै ढिलो भइसकेको आयोजना चालू वर्षमा सञ्चालनमा ल्याउन अन्तिम चरणको काम भइरहेको हो ।

आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत छवि गैरेले बताए । उनका अनुसार अहिले आयोजनामा हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम धमाधम भइरहेको छ ।

‘विविध कारणले आयोजना प्रभावित हुँदा हामी लक्ष्यभन्दा धेरै पछाडि भइसकेका छौं,’ उनले भने, ‘तर, अब यो भन्दा ढिलो हुँदैन । बाँकी १० प्रतिशत काम सम्पन्न गरेरै यसै वर्ष प्रसारण प्रणालीमा आयोजनाकाे विद्युत जोड्छौं ।’

सिभिलतर्फ मुख्य सुरुङमा ग्राउटिङको अन्तिम चरणको काम भइरहेको पनि उनले बताए । पहिरोको समस्याका कारण आयोजनाको सर्जसाफ्ट निर्माणमा सुरुवादेखि नै समस्या हुँदै आएको थियो । पहिरोले सर्जसाफ्ट पुग्ने पहुँच सडकमा क्षति पुर्यापछि सुरुङको बाटोबाट निर्माण सामाग्री पुर्याएर काम गर्दै आएको गैरेले जानकारी दिए ।

कमजोर भौगोलिक अवस्थाका कारण आयोजनाको टेलरेस (निकास) सुरुङ निर्माणमा पनि ढिलाइ हुँदै आएकोमा अहिले काम भइरहेको छ । अबको ६ महिनाभित्रमा सिभिल, हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको सबै काम सम्पन्न गरिसक्ने पछिल्लो तालिका रहेको उनले बताए । आयोजनाकाे संरचना तयार भएपछि उपकरण तथा संरचनाकाे परीक्षण सुरु हुनेछ ।

प्रसारण लाइनको काम अब रोयल कन्स्ट्रक्सनले गर्ने

आयोजनाको विद्युत चिलिमे हब सबस्टेसनसम्म ल्याइपुर्याउने १३२ केभी प्रसारण लाइन बाँकी काम रोयल कन्स्ट्रक्सन कम्पनीले गर्ने भएको छ । प्रसारण लाइनको ठेक्का पाएको मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का सम्झौता अन्त्य गरी बाँकी काम सम्पन्न गर्न रोयल कन्स्ट्रक्सनसँग सम्झौता गरी परिचालन गरिएको हो ।

मुडभरी एण्ड जोशीसँगको ठेक्का सम्झौता अनत्य गरी रोयल कन्स्ट्रक्सनसँग गत कात्तिक १५ गते ठेक्का सम्झौता गरेको गैरेले जानकारी दिए । उनका अनुसार अब नयाँ ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको मितिले ६ महिनाभित्रमा प्रसारण लाइनको काम सम्पन्न गर्नुपर्नेछ ।

‘हामीले पटक-पटक ताकेता गर्दा पनि मुडभरी एण्ड जोशीले प्रसारण लाइनको काम पूरा गर्न अटेर गर्यो । उसँगको सम्झौता नै अन्त्य गरेर बाँकी कामको जिम्मा नयाँ कम्पनीलाई दिएका छौं’ उनले भने ।

आयोजनाको विद्युतगृहदेखि चिलिमे हब सबस्टेसनसम्म १३२ केभी १० किलोमिटर प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नुपर्नेछ । अहिलेसम्म प्रसारण लाइनको रुटमा पर्ने ३२ वटा टावरमध्ये २७ वटाको जग खन्ने काम सकिएको छ । बाँकी काम नयाँ ठेकेदार कम्पनीले पूरा गर्नेछ ।

प्रसारण लाइन पूरा हुने अवधिसम्ममा आयोजनाको सबै काम सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्न सकिने गैरेले बताए । रसुवागढी आयोजना अबको ६ महिनाभित्र सञ्चालनमा ल्याउन तालिका अनुसार काम भइरहे पनि विद्युत प्रवाह हुने २२० केभी चिलिमे-त्रिशूली प्रसारण लाइन तयार नहुँदासम्म सम्भव हुने छैन ।

विद्युत प्राधिकरणले पनि चैतसम्ममा प्रसारण लाइन तयार गर्ने तालिका अनुसार काम गरिरहेको छ । भौगोलिक विकटता तथा ठेकेदार कम्पनीको असक्षमताका कारण चिलिमे-त्रिशूली प्रसारण लाइनको कामले तीव्रता पाउन सकेको छैन ।


Read Previous

देशभर साढे ४ लाख घरमा बायोग्यास चुलो सञ्चालन, निजी क्षेत्रसँगको सहकार्यमा जोड

Read Next

नागढुंगा सुरुङमार्गको समग्र प्रगति ४५ र सुरुङ खन्ने काम ६७ प्रतिशत सकियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *