Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

५ वर्षभित्र सबै स्थानीय तहमा इन्टरनेट सुविधा पुर्याउने तीन प्रमुख पार्टीको घोषणा


काठमाडौं । देशका तीन प्रमुख पार्टी (नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द) ले आगामी ५ वर्षभित्र सबै स्थानीय तह (७५३) मा इन्टरनेट सुविधा पुर्याउने घोषणा गरेका छन् ।

ती दलले प्रतिनिधी सभा र प्रदेश सभाका लागि सार्वजनिक गरेको घोषणापत्रमार्फते सबै स्थानीय तहमा इन्टरनेट सुविधा पुर्याउने दाबी गरेका हुन् ।

एमालेले सबै स्थानीय तहका केन्द्र र तराई मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको केन्द्रसम्म २ वर्षभित्र ब्रोडब्यान्ड इन्टनेट पुर्याउने घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यस्तै, सूचना प्रविधिका अत्याधुनिक पूर्वाधार तयार गर्ने, सबैका लागि सूचना तथा सञ्चार सुविधा सस्तो, सहज र भरपर्दो बनाउने वाचा गरेको छ । यति मात्र होइन, विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, सपिड् कम्प्लेसलगायत सार्वजानिक सेवा प्रवाह हुने सार्वजानिक स्थलहरुमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा निःशुल्क र अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरी सूचना प्रविधिमा फाइभ जी प्रविधिको सुविधा निशुल्क गर्ने उल्लेख गरेको छ ।

कांग्रेसले अधिकांश विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनमा इन्टरनेट पुर्याउने र शिक्षा तथा स्वास्थ्य सेवालाई इन्रनेटको माध्यमबाट रुपान्तरण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । उसले कोहलपूर, खुमलटार तथा धरानमा डाटा केन्द्र तथा बुटवलमा इण्टरनेट एक्सचेञ्ज केन्द्र स्थापना गर्ने भनेको छ । कांग्रेस आगमी ५ वर्षभित्र सुचना क्षेत्रमा २ लाख युवा संलग्न गराउने उल्लेख गरेको छ ।

चुनाव जिते कांग्रेसले टेलिमेडिसिन केन्द्र र सातै प्रदेशमा सूचना ज्ञानपार्क स्थापना गर्ने लक्ष्य घोषणापत्रमार्फत सार्जजनिक गरेको छ ।

माआवादी केन्द्रले पनि घोषणापत्रमार्फत आगामी ५ वर्षभित्र सबै सार्वजनिक स्थलमा निशूल्क इन्टरनेट सेवा सञ्चालन गर्ने दाबी गरेको छ । उसले सबै सरकारी कार्यालयमा सेवा प्रवाहको एकद्धार प्रणाली विकास गर्ने भनेको छ । स्वदेशमा स्याटलाइट निर्माण, ई–हेल्थ, ई–शिक्षा, एआई, ई–ट्रान्सफर्मेसन्, ई–मनिटरिङको प्रभावकारी व्यवस्था गरिने उल्लेख गरेको छ ।

राज्यको सबै अंगको डिजिटलाइजेसन गरी आगामी ५ वर्षलाई डिजिटल क्रान्ति वर्षको रुपमा अगाडी बढाउने माओवादीको घोषणापत्रमा उल्लेख छ । डिजिटल साक्षरता, साइबर सुरक्षा र साइबर अपराध सम्बन्धी नियम कानुनलाई संस्थागत गरिने भनेको छ ।

यसैगरी माओवादीले प्रविधि क्षेत्रको विकाससम्बन्धी १० वर्षे रणनीतिक गुरुयोजना तयार गरेर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ ।


Read Previous

लगानी र प्रविधि भित्राउने काममा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह

Read Next

प्रसिद्ध एभिएसन भ्लगर स्याम चुई नेपालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *