Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

प्रसिद्ध एभिएसन भ्लगर स्याम चुई नेपालमा


काठमाडौं । अस्टेलियाका चर्चित एभिएसन भ्लगर स्याम चुई नेपाल आइपुगेका छन् । यसपटक हेलिकप्टरबाट सगरमाथाको दृश्यावलोकन गर्ने उनले बताएका छन् । चुईको यो दोस्रो नेपाल भ्रमण हो ।

सानै देखि हवाईजाहाजमा रुची राख्ने चुईको युट्युबमा ३ दशमलव १४ मिलियन सब्स्क्राइबर र ७४० मिलियन पटक हेरिएको छ । हाल दुबइ बस्दै आएका चुई शनिवार नेपाल एयरलाइन्सको ए३३० जहाजबाट नेपाल अवतरण गरेका हुन् ।

‘मैले क्याप्टेन विजय लामालाई भेटें । उनी पाइलटको साथसाथै युट्युबर पनि हुन् । उडानको केही समयपछि, हामी पूर्वतिर उड्दा एउटा सुन्दर सुर्योदय देखियो, आउँदै गर्दा क्षितिजमा धेरै अग्ला पहाडहरु देखिए । धौलासगिरि, अन्नपूर्ण, फिस्टेल, मनास्लु र अन्य हिमालहरुको दृश्यको साथ काठमाडौंमा अवतरण निकै रोमाञ्चक अनुभव थियो’ चुईले त्रिभुवन विमानस्थलमा उत्रिएपछि आफ्नो सामाजिक संजालमा लेखेका छन् ।

अर्को हप्ता चुई हेलिकप्टरबाट सगरमाथाको अवलोकन गर्दै छन् । यसअघि उनी २०१८ अगस्टमा नेपाल आएका थिए ।


Read Previous

५ वर्षभित्र सबै स्थानीय तहमा इन्टरनेट सुविधा पुर्याउने तीन प्रमुख पार्टीको घोषणा

Read Next

गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन बढ्यो, होटल व्यवसाय चलायमान

Leave a Reply

Your email address will not be published.