Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

लगानी र प्रविधि भित्राउने काममा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह


नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी र प्रविधि भित्राउने काममा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई आग्रह गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित महासंघका पदाधिकारीहरू र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वको प्रतिनिधिमण्डल बीच सोमबार भएको भेटमा यो आग्रह गरिएको हो ।

नेपाल भ्रमणमा आएको तीन सदस्यीय कोरियन प्रतिनिधिमण्डलबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको हो । भेटमा नेपाल कोरिया बीच आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, उर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविध तथा कोरियाको अनुभव आदान प्रदान, वातावरण संरक्षण लगायतका विषयमा छलफल भयो ।

सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष ढकालले प्रतिनिधिमण्डलको स्वागत गर्दै कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए ।

दुवै देशका निजी क्षेत्र बीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभव समेत ल्याउन सहज हुने हुंदा निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गरे ।

कार्यवाहक अध्यक्ष ढकालले बाह्य लगानी ल्याउने कुरामा निजी क्षेत्रले सरकारलाई निरन्तर झकझक्याई रहेको र सोही अनुसार बाह्य लगानीसंग सम्बन्धित महत्वपूर्ण ऐन कानूनहरु संशोधन समेत भैसकेको बताए ।

नेपालमा लगानी गरी ठूलो प्रतिफल लैजान सकिने बलियो सम्भाव्यता रहेकाले कोरियन लगानी विस्तारमा प्रतिनिधिमण्डलबाट ठूलो सहयोगको अपेक्षा आफुहरूले गरेको उनको भनाइ थियो । नेपालमा सवै क्षेत्रमा लगानीको ठूलो अवसर रहेको उल्लेख गरे ।

भेटमा कोरियन प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुुभव सुुनांउदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधै तयार रहेको बताए ।

महासंघले दिएका सुुझावहरूको कार्यान्वयनमा आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने विश्वास समेत व्यक्त गरे ।

महासंघका तर्फबाट कोरियन उत्पादनमुलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भैरहेकाले स्वच्छ उर्जाको राम्रो प्रवन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो ।


Read Previous

विप्रेषणले दक्षिण एशियाको आर्थिक पुर्नउत्थान र दीर्घकालीन विकासलाई सघाउँछ: विश्व बैंक

Read Next

५ वर्षभित्र सबै स्थानीय तहमा इन्टरनेट सुविधा पुर्याउने तीन प्रमुख पार्टीको घोषणा

Leave a Reply

Your email address will not be published.