Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

विश्वकै ठूलो ब्याट्री स्टाेरेज आयोजना सञ्चालनमा


काठमाडौं । अमेरिकाले निर्माण गरेकाे विश्वकै ठूलो भनिएको  सिंगल फेज ब्याट्री स्टाेरेज आयोजना सञ्चालनमा आएकाे छ । अमेरिकाकाे क्यालिफाेर्निया राज्यमा निर्माण गरिएकाे क्रिमसन ब्याट्री स्टोरेज आयोजना सञ्चालनमा आएकाे हाे ।

याे ब्याट्री स्टाेरेज आयोजनाकाे जडित क्षमता साढे ३ सय मेगावाट (१४ सय मेगावाट घन्टा) छ । याे ब्याट्री स्टाेरेज आयोजनामा साैर्य ऊर्जा प्रणालीबाट उत्पादन भएकाे विद्युत स्टाेर हुनेछ ।

ब्याट्री स्टाेरेज आयोजना निर्माण गर्ने एक्सियम इन्फ्रास्ट्रक्चर र क्यानेडियन सौर्य रि–करेन्ट इनर्जीले यसलाई विश्वकाे अहिलेसम्मकै ठूलाे भएकाे दाबी गरेका छन् । सिएसआई इनर्जी स्टोरेजले ब्याट्री स्टाेरेज आयोजना सञ्चालन गरिरहेकाे अन्तर्राष्ट्रय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो ब्याट्री स्टोरेज आयोजनामा स्टोर भएको विद्युत अमेरिकाको क्यालिफोर्निया ग्रिडमार्फत वितरण गरिनेछ । यो ब्याट्री स्टोरेज आयोजनामा एक्सियमको ८० प्रतिशत र रि-करेन्ट इनर्जीको २० प्रतिशत लगानी छ । सिएसआई इनर्जी स्टोरेजले इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) कन्ट्र्याकअनुसार आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको छ ।

ब्याट्री स्टोरेज आयोजना नियमित सञ्चालनमा लागि यो इपिसी कन्ट्र्याक्ट दीर्घकालसम्म चलिरहने पनि समाचारमा जनाइएको छ । विद्युत वितरण प्रणालीमा शतप्रतिशत स्वच्छ ऊर्जा प्रवाह हुँने हुँदा कार्बन उत्सर्जन न्युनिकरणका लागि तय गरिएको लक्ष्य पूरा गर्न यस प्रकारका आयोजनामा लगानी प्रोत्साहन गर्दै जाने क्यालिफोर्नियाका गवर्नर गेविन न्युजाँमले बताए ।

उनले लगानी गरेर अहिलेसम्मकै ठूलो ब्याट्री स्टोरेज आयोजना सञ्चालनमा ल्याउने निजी कम्पनीहरूलाई बधाइ समेत दिएका छन् । यो ब्याट्री स्टोरेज आयोजनाबाट वार्षिक ४७ हजार घरधुरीमा स्वच्छ ऊर्जा वितरण गर्न पुग्ने ऊर्जा स्टोर गर्न सकिने अनुमान गरिएको छ ।

प्राकृतिक ग्यासबाट सञ्चालित विद्युतगृहका टर्बाइनको तुलनामा क्रिमसन स्टोरेजका स्टोर भएको नवीकरणीय ऊर्जा विद्युत प्रणालीमा दिँदा वार्षिक २ लाख ७५ हजार टन कार्बन उत्सर्जन न्युनिकरण हुने अनुमान गरिएको छ ।

यो स्टोरेज आयोजना क्यालिफोर्नियाको ब्यूरो अफ ल्याण्ड म्यानेजमेन्ट ल्याण्डस्थित मरुभूमिमा अवस्थित छ । वर्तमान अमेरिकी सरकारले सन् २०२१ मा यो आयोजना अनुमोदन गरेपछि निर्माण सुरु गरिएकाे थियाे । निर्माण सुरु भएकाे १ वर्षमा याे ब्याट्री स्टाेरेज आयोजना सम्पन्न भएकाे हाे ।

सन् २०३५ सम्ममा कार्बनमुक्त ऊर्जा क्षेत्र बनाउने बाइडेन–ह्यारिस प्रशासनको लक्ष्य पूरा गर्न क्रिमसन ब्याट्री स्टोरेज जस्ता थप आयोजना निर्माण गर्न तयार रहेको बिएलएम क्यालिर्फोनियाका निर्देशक करेन मोउरिट्सेनले बताए ।

क्रिमसन स्टोरेज आयोजनाले आफ्नो विद्युत बिक्रीका लागि २ वटा दीर्घकालीन सम्झौता गरेको छ । पहिलो सम्झौता दक्षिणी क्यालिफोर्निया इडिसनसँग २ सय मेगावाटका लागि १४ वर्ष १० महिनाको छ ।

दोस्रो प्यासिफिक ग्यास तथा इलेक्ट्रिसँग १ सय ५० मेगावाटका लागि १५ वर्षको सम्झौता छ । साढे ३ सय मेगावाटको ब्याट्री स्टोरेज आयोजना सम्पन्न गर्न ५ सय ५० मिलियन अमेरिकी डलर लागत लागेको समाचारमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा अनुवाद


Read Previous

कमला सिँचाइ नहरबाट खेतमा सिँचाइ सुविधा पुगेपछि किसानलाई राहत

Read Next

एनएचपिसीलाई पश्चिम सेती आयोजनाको अध्ययन अनुमतिपत्र हस्तान्तरण

Leave a Reply

Your email address will not be published.