Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

नाेराडका महानिर्देशकद्वारा केयुकाे भ्रमण


काठमाडाैं ।  नर्वेजियन एजेन्सी फर डेभलपमेन्ट कोअपरेसन,नोराडका महानिर्देशक बर्ड भेगर सोल्जेलले काठमाडौं विश्वविद्यालय (केयु) को भ्रमण गरेका छन् । साेमबार नेपालका लागि नर्वेजियन राजदूत ताेरुण ड्रामडलसँगै नर्वेजियन पदाधिकारी लिएर धुलिखेल पुगेका उनले केयुकाे स्थलगत भ्रमण गरेका हुन् ।

उनीसहितकाे नर्वेजियन प्रतिनिधिहरूलाई केयुकाे स्कुल अफ इन्जिनियरिङका डीनले स्वागत गरे ।  प्रतिनिधिहरूले नर्वेजियन प्रोफेसरको सम्मानमा नामकरण गरिएको इङ्ग जोहानेसेन ब्लक र टर्बाइन परीक्षण प्रयोगशालाको अवलाेकन समेत गरेकाे केयुले जनाएकाे छ ।

धुलिखेलको छोटो भ्रमणपछि नर्वेजियन प्रतिनिधिहरू बालकुमारीस्थित केयुकाे स्कुल अफ म्यानेजमेन्टमा पुगे । उनीहरूलाई त्यहाँ केयुका उपकुलपति उपकुलपति प्राध्यापक डा। भोला थापाले स्वागत गरेका थिए ।

केयुका रजिष्ट्रार प्राध्यापक डा. अच्युत वाग्लेले कार्यक्रममा स्वागत  मन्तव्य राखे । सहायक प्राध्यापक डा. विराजसिंह थापाले प्रारम्भिक चरणदेखि केयू र नर्वेबीचको सहकार्यबारे संक्षिप्त प्रस्तुति दिएकाे केयुले जनाएकाे छ ।

महानिर्देशक बर्द भेगर सोल्जेलले केयुले गरिरहेकाे कामको प्रशंसा गर्दै आफ्नो धारणा राखेका थिए ।  राजदूत तोरुण ड्रामडलले पनि नर्वे र नेपालबीच वर्षाैंदेखि सहकार्य हुँदै  आएको बताइन् । उपकुलपति थापाले नर्वे र केयूबीचको यो सम्बन्ध भविश्यमा अझ प्रभावकारी र फलदायी ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

इनर्जी नेपालले आयोजना तथा समन्वय गरेको उक्त कार्यक्रममा केयूका पदाधिकारी, संकाय सदस्य, आयोजना प्रमुख तथा कर्मचारीहरू पनि सहभागिता रहेको थियो ।


Read Previous

‘हामी ७ महिनामा हरित हाइड्रोजन प्लान्ट स्थापना गरेर सञ्चालनमा ल्याउन सक्षम छौं’

Read Next

सूर्य होल्डिङ्ग प्रालिले ३१.९२ मेगावाटको माथिल्लो मेवाखोला ‘ए’ बनाउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *