Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

पाँचखाललाई ‘ग्रीन स्मार्ट-सिटी’ बनाउने योजना कार्यान्वयनमा


काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा सघन सहरी विकास कार्यक्रम कार्यान्वयनमा गएको छ । सरकारको ‘ग्रीन स्मार्ट–सिटी’ निर्माण गर्ने योजना अन्तर्गत यो नगरपालिकामा सघन सहरी विकास कार्यक्रम लागु गरिएको हो ।

सहरी विकास मन्त्रालय अन्तर्गत नगरपालिकामा सहरी विकास कार्यक्रम कार्यान्वयन गर्न प्रशासनिक प्रक्रिया अघि बढाइएको नगर प्रमुख महेश खरेलले बताए । उनका अनुसार नगरपालिकाको बसपार्क, मिनी–मार्केट, हाट बजार तथा सडक एवं नाली थप व्यवस्थित बनाउन काम गरिनेछ ।

पाँचखाललाई प्राप्त बजेटमध्ये ५० प्रतिशत सडकमा, ३० प्रतिशत आयआर्जन, १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत शासकीय पूर्वाधार निर्माणमा खर्च गरिनेछ । उनले यो कार्यक्रमको सफल कार्यान्वयनका लागि नगरपालिकाले समन्वयात्मक भूमिका खेल्नुका साथै सहजीकरण गर्ने बताए ।

सरकारले ग्रीन स्मार्ट–सिटी निर्माणार्थ २०७८ फागुनमा मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत कार्यक्रम लागु गर्न ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । मन्त्रालयले सोही कार्यक्रमअन्तर्गत देशका ४४ नगर छनोट गरेकामध्ये पाँचखाल पनि परेको हो । कार्यक्रम लागु गर्न सहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले टेण्डर आह्वान गरिसकेको छ ।

कार्यक्रमले नगरको ‘ग्रीन स्मार्ट–सिटी’को योजनालाई थप मद्दत गर्ने नगरप्रमुख खरेलले बताए । ‘चालू आर्थिक वर्षमा ग्रीन स्मार्ट सिटीको डिपीआर सकेर निर्माण थाल्ने योजना छ’ उनले भने ।

नगरपालिकाले नेपालमै पहिलो ग्रीन स्मार्ट–सिटी निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरी निर्माणकार्य थालनी गर्ने योजना बनाएको थियो । यसका लागि विदेशी कम्पनीसँग सम्झौता गरी प्रक्रिया थालिसकेको छ ।

गत वर्षको फागुन पहिलो साता पाँचखालमा विकास गरिने ग्रीन स्मार्ट सिटीका लागि सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी) बीच निर्माणको सम्झौता गरिसकिएको छ ।

समझदारीपत्रमा सिङ्गापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने नगरपािलकाले जनाएकाे छ । यसका लागि नगरपालिकाले स्थानीयसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्नेछ ।

सम्झौताअनुसार नेपाल इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा) ले स्मार्ट सिटीको ‘बजार अध्ययन’ का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालिसँग गत वर्ष सम्झौता भएको छ । निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ ।

करिब ५ हजार ५ सय रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले पाँचखाल नगरसँग एक वर्षअघि सार्वजनिक–निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सातबुँदा उल्लेख गरिएको हो । उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पर्वाधार निर्माणार्थ करिव रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

कूल क्षेत्रफलमध्ये ६ सय ५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ । ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख खरेलले बताए । उनकाअनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ ।

नगरपालिकाले ‘पाँचखाल नगर, कृषि सहर’ नारा सार्धक बनाउन यसअघिनै पाँचखालको खेतीयोग्य जमिन ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गर्ने नगरपालिकाको योजना छ ।


Read Previous

ट्र्याक खुलेको २५ वर्षमा बल्ल साढे ४ किलाेमिटर सडक कालोपत्रे

Read Next

ऐतिहासिक पर्यटकीय तीर्थस्थल बन्दै सतासीधाम  

Leave a Reply

Your email address will not be published.