Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडाैंमा शुरू


नेपाल–भारत संयुक्त जलस्रोत समितिको बैठक काठमाडाैंमा शुरू भएकाे छ । शुक्रबार (असोज ७) अर्थात  (सेक्टेम्बर २१ देखि २३ ) सम्म चल्ने  संयुक्त बैठककाे याे नवौ संस्करण  हाे ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवालले बुधबार र बिहीबार संयुक्त स्थायी प्राविधिक समिति (जेएसटीसी) को सातौ बैंठक शुरू भएकाे जानकारी दिए ।  शुक्रबार भने नेपाल भारत संयुक्त जलस्रोत समितिको नवौ बैठक हुनेछ ।

संयुक्त स्थायी प्राविधिक समिति (जेएसटीसी) को सातौ बैठकमा नेपालकाे तर्फबाट जलस्रोत महाशाखा प्रमुख शिशिर कोइरालाले अध्यक्षता तथा भारतीय समकक्षीले सह–अध्यक्षता गरेका छन् । गंगा बाढी नियन्त्रण आयोगका अध्यक्ष एम के श्रीनिवासले बैठककाे सह–अध्यक्षता गरिरहेका छन् ।

उनका अनुसार सचिवस्तरीय जेसीडब्लूआरको बैठकको नेतृत्व नेपालको तर्फबाट मन्त्रालयका सचिव सागर राईले गर्नेछन ।

बैठकमा पञ्चेश्वर बहुउदेश्यीय परियोजना, महाकाली नदीको पानीको बाँडफाँड र पूर्वी नेपालको सप्तकोशी उच्च बाँध परियोजनाका साथै गण्डक, दोधारा चाँदनी, नदी नियन्त्रण, तटबन्ध निर्माण लगायतका मुद्दामा छलफल हुनेछ ।

मन्त्रालयका अनुसार, पञ्चेश्वर विकासका लागि छुट्टै संयन्त्र भएपनि समग्र जलस्रोतको नेतृत्व गर्ने संयुक्त समिति भएकोले जलस्रोतका सबै मुद्दाहरुबारे छलफल हुनेछ ।

२०७५ सालको पुस २५ देखि २७ गतेसम्म नयाँ दिल्लीमा आठौ बैठक बसेको थियो । साढे तीन वर्षपछि नवौ बैठक बस्न लागेको हो । २०६९ माघ ११ र १२ गते ६ जर्षपछि सातौ बैठक काठमाडौमा बसेको थियो ।

आठौ बैठकमा समेत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप दिने, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी कमला स्टोरेज कम ड्राइभर्सनको संयुक्त प्राविधिक समूहले वर्तमान अवस्थाको लेखाजोखा गर्ने, कोशी गण्डक आयोजना संयुक्त समितिको निर्णहरुको अनुमोदन गरी गण्डक उच्च स्थायी समितिमा नेपाल पक्षको सहभागिता गराउने लगायतमा सहमति भएको थियो ।


Read Previous

मुक्तिनाथ केबलकार निर्माण अघि बढाउन खुल्यो बाटो

Read Next

‘गाग्री जुलुश’ ले ल्याएको खानेपानी, जोगाएको काक्रे बजार

Leave a Reply

Your email address will not be published.