Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

विद्युतीय सवारीमा पेट्रोलियको भन्दा सस्तो भाडादर ताेकेर यात्रु आकर्षित गर्न सकिने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनमा पेट्रोलिय पदार्थ प्रयोग हुने सवारी साधनको भन्दा सस्तो भाडादर ताेकेर यात्रु आकर्षित गर्न सकिने बताएका छन् ।

सुन्दर यातायात गु्रपले विद्युतीय स्कुटर सार्वजनिक तथा चार्जिङ स्टेशन निर्माणको प्रगतिबारे जानकारी दिन आयोजन कार्यक्रममा घिसिङले विद्युतको खपत अधिकतम वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए । त्यसको लागि विद्युत खपतको एउटा उपयुक्त क्षेत्र यातायात रहेको उनको भनाइ छ ।

‘अहिले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारी साधनले औसतमा १ किलोमिटर यात्रा गर्दा ४७ रुपैयाँ इन्धनमा खर्च हुने गरेको छ । जबकि विद्युतीय सवारी साधनमा त्यति नै दूरी पार गर्न २ रुपैयाँ मात्र खर्च हुने गरेको छ’ उनले भने ।

आउँदा दिनमा विद्युतीय सवारी साधन चढ्ने यात्रुलाई भाडादर पनि न्यून हुनुपर्ने उनले बताए । त्यसले आम उपभोक्ताको आकर्षण वृद्धि गर्नमा सहयोग पुग्नेछ । विद्युत्को खपत वृद्धि गर्न विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए ।

अहिले युरोपमा ग्यास र विद्युतको अभाव भइरहको बेला नेपालमा खपत वृद्धि गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सिनियर डिभिजनल इञ्जिनियर गोबिन्द खरेलले विद्युतीय सवारीमा दुई पांग्रे मात्र होइन, चार पांग्रेमा पनि जानुपर्नेमा जोड दिए ।

त्यसको थालनी गर्न ढिला भएको र प्रोत्साहन दिएर भएपनि यातायातमा विद्युतीयकरण गर्दा विदेशीने ठूलो रकम जोडिने उनको भनाइ छ । ‘अर्कोतर्फ कार्वन उत्सर्जनमा पनि कमी ल्याउन विद्युतीय सवारी साधनले उल्लेखनीय योगदान पुर्याउनेछ’ उनले भने ।

कार्यक्रममा सुन्दर यातायातका सञ्चालक भेष बहादुर थापाले कम्पनीले देशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेशन स्थापना गरिरहेको जानकारी दिए ।

विभिन्न चरणमा गरेर प्रस्थावित ठाँउमा चार्जिङ स्टेशन स्थापना गर्ने उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न ब्राण्डका विद्युतीय स्कुटर सार्वजनिक गरिएको थियो । त्यस्तै, चार्जिङ स्टेशनको प्रदर्शनी गरिएको थियो ।


Read Previous

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आब्हान

Read Next

मुक्तिनाथ केबलकार निर्माण अघि बढाउन खुल्यो बाटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *