Nepal Purbadhar

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्राउन प्रधानमन्त्री देउवाको आब्हान


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् ।

मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन तथा नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभएको छ’ प्रधानमन्त्रीलाई उदृत गर्दै नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले भने ।

प्रधानमन्त्री देउवाले इन्डोेनेशियन जनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागि समेत आग्रह गरे । साथै नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारसँग आग्रह गरे ।

भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि सकारात्मक रहेको बताउदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग आफूले पु¥याउने बताए ।

राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई भिसा सहजीकरणको लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए ।
आगामी अक्टोबर महिनामा इन्डोनेशियामा आयोजना हुन गइरहेको ट्रेड एक्स्पोको प्रवद्र्धन क्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबिच दुई पक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

‘दुई देशबीच व्यापार तथा लगानीका प्रचुर सम्भावनाहरु रहेका छन् । यसलाई थप सहजीकरण गर्दै दुई देशको आपसी फाइदाका लागि काम गर्न इन्डोनेशिया सरकार सकारात्मक छ’ राजदूत सुबोलोले भने ।

उनले नेपाल भ्रमणका लागि इन्डोनेशियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीहरुलाई इन्डोनेशिया भ्रमण गर्दा सहज वातावरण बनाउनका लागि अन अराईभल भिसा उपलब्ध गराउने सम्बन्धी काम भइरहेको जानकारी गराए ।


Read Previous

यांग्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु

Read Next

विद्युतीय सवारीमा पेट्रोलियको भन्दा सस्तो भाडादर ताेकेर यात्रु आकर्षित गर्न सकिने

Leave a Reply

Your email address will not be published.