Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक हुँदै


काठमाडौ । पूर्व जलस्रोत सचिव द्धारिकानाथ ढुंगेलद्धारा लिखित चक्रब्यूहमा नेपालको जलस्रोत पुस्तक सार्वजनिक हुँदैछ ।

सरकारी सेवामा तीन दशक बिताएका र जलस्रोतको अध्ययन अनुसन्धानमा संलग्न जलस्रोतविद् ढुंगेलले लेखेको सो पुस्तक आगामी सोमबार सार्वजनिक हुन लागेको हो ।

पुस्तकमा ढुंगेलले जलस्रोत मन्त्रालयमा काम गर्दाको अनुभव र भोगाई समेटिएका छन् । भारतसँग भएको महाकाली सन्धी, ऊर्जा व्यापार सम्झौता, कर्णाली चिसापानी आयोजनामा अमेरिकी कम्पनीको अभिरुची, पश्चिम सेती आयोजनामा अष्ट्रेलियन कमपनीको संलग्नता, ऊर्जा विकास कोषको स्थापना लगायतका विषय समेटिएका छन् ।

लेखक ढुंगेलले आफूले सरकारी सेवाको क्रममा जलस्रोतसँग सम्बन्धित मुद्दामा भएका छलफल र अनुभवहरुलाई समेटेर पुस्तक तयार गरेको बताए ।

सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको पुस्तक पढेपछि तीन दशकदेखिको जलस्रोत र जलविद्युत क्षेत्रको इति वृतान्त थाहा पाउन सकिनेछ ।


Read Previous

उपकरण आयात सुस्तताले सान्जेनका आयोजनाको विद्युत उत्पादन लम्बिँदै, प्रसारण लाइनको पनि समस्या

Read Next

राष्ट्रिय सभाबाट पनि नेपाल इञ्जिनियरिङ परिषद् ऐन पारित

Leave a Reply

Your email address will not be published.