Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

राष्ट्रिय सभाबाट पनि नेपाल इञ्जिनियरिङ परिषद् ऐन पारित


काठमाडौं । विहीबार बसेको राष्ट्रिय सभा बैठकले पनि नेपाल इञ्जिनियरिङ परिषद् ऐन पहिलो संसोधन पारित गरेको छ । यसअघि नै ४ साउनमा प्रतिनिधीसभाले यो ऐन पारित गरिसकेको छ ।

त्यसभन्दा पहिला राष्ट्रिय सभाबाट पारित गरेको भए पनि प्रतिनिधी सभाले केही व्यवस्थालाई संसोधनसहित पारित गरेको कारण पुन राष्ट्रिय सभाले आज पारित गरेको हो । अबको ३० दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन कार्यन्वयनमा आउनेछ ।

यससँगै नेपाल इञ्जिनियरिङ परिषद्मा नाम दर्ता नगराई कुनै पनि इञ्जिनियर अध्ययन गरेको व्यक्तिले इञ्जिनियरिङ व्यवसाय गर्न पाइने छैन । नाम दर्ता गर्नको लागि परिषद्ले लिने परीक्षा पास गर्नुपर्नेछ ।

ऐनले व्यवसायिक आचार संहिताको उल्लंघन गर्ने वा पालना नगर्ने दर्तावाला इञ्जिनियरलाई परिषद्ले देहाय बमोजिको सजाय गर्ने व्यवस्था गरिएको छ । सजायहरुमा नसिहत दिने, कुनै खास अवधिको लागि इञ्जिनियरिङ व्यवसाय गर्न नपाउने गरी नामदर्ता प्रमाणपत्र निलम्बन गर्ने र दर्ता किताबबाट नाम हटाउनेसम्मको सजाय गर्ने व्यवस्था छ ।

यसअघि परिषदमा नाम दर्ता भएको विश्वविद्यालयमा अध्ययन गरेको व्यक्तिले आफ्नौ प्रमाणपत्र पेस गरेपछि परिषद्ले नाम दर्ता गर्ने गरेको थियो । नाम दर्ता भएपछि इञ्जिनियरिङ व्यवसाय गर्न कुनै अवरोध थिएन् । ‘तर, अब अध्ययन गर्दैमा इञ्जिनियरको रुपमा काम गर्न पाइने छैन’ नेपाल इञ्जिनियर्स एसोशिएसनका महासचिव रविभुषण झाले भने ।

इञ्जिनियरले ऐनमा व्यवस्था भएबमोजिम परिषद्ले तोकेको सदस्य संयोजक, परिषद्ले तोकेको परिषद्का तीनजना सदस्य र रजिष्टार सदस्य सचिवको रुपमा रहेको समितिले परिक्षा लिनेछ । इञ्जिनियरको परिक्षा वर्षमा दुइ पटक सञ्चालन हुनेछ । परिक्षामा सहभागी भएर उत्र्तीन भएका दरखास्तावालाको नाम दर्ता गर्नको लागि समितिले परिषद्मा सिफारिस गर्नेछ ।

ऐन कार्यन्वय गर्ने परिषद्ले आवश्यक नियमहरु बनाउने सक्ने व्यवस्था थपिएको छ । त्यसरी बनाएको नियम नेपाल सरकारले स्वीकृत भएपछि मात्र कार्यन्वयन हुनेछ । नियम विपरित नहुने गरी परिषद्ले आवश्यक विनियम, कार्यविधि, निर्देशिका तथा मापदण्ड बनाउन सक्नेछ ।
परिषद्ले वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने नयाँ व्यवस्था थपिएको छ । परिषद्ले वर्षभरी सम्पादन गरेका कामको संक्षिप्त विवरण, प्रशासकीय खर्च,

आयव्ययको विवरण तथा भविष्यमा सञ्चालन गर्ने कार्यक्रम समेत समावेश गरी प्रत्येक वर्षको असोज महिनाभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।
तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले २९ जेठ २०७६ मा नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संसोधन) विद्येयक राष्ट्रिय सभामा दर्ता गरेका थिए ।

त्यसपछि ३ असार २०७६ मा राष्ट्रिय सभामा प्रस्तुत भएको थियो । १० असार २०७६ मा सामान्य छलफल भयो । ३ साउन २०७६ मा समितिमा दफावार छलफल भएको थियो । त्यसपछि समितिले १० पुस २०७६ मा प्रतिवेदनसहित पेस गरेको थियो । १४ पुस २०७६ मा राष्ट्रिय सभाले पारित गरेको थियो । त्यसपछि ३२ महिनापछि प्रतिनिधि सभामा पेस भएकै दिन बुधबार ऐन पारित भएको हो ।


Read Previous

‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक हुँदै

Read Next

के हो युटिलिटी करिडोर ? यससम्बन्धी विद्येयक तत्काल ल्याउन सरकारलाई विकास समितिको निर्देशन

Leave a Reply

Your email address will not be published.