Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन


आगामी आर्थिक वर्षको लागि खानेपानीको लागि ३७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । राज्यका अभिभारा एक घर एक धारा अभियान साकार पार्न प्रदेश र स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गरिने बजेटमा उल्लेख छ । यस कार्यक्रम दलितहरूको उच्च घनत्व रहेको वस्तीहरूमा प्राथमिकताका साथ सञ्चालन गरिनेछ ।

मेलम्ची जलाधारको भौगोलिक अध्ययन गरिने

मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको भरपर्दो पानी पथान्तरणको व्यवस्था मिलाइने भएको छ । याग्री र लार्के खोलाबाट मेलम्ची खानेपानी वितरण प्रणालीमा पानी आपूर्ति गर्ने योजना कार्यान्वयन गरिनेछ । दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत चक्रपथ बाहिरका थप क्षेत्रहरूमा मेलम्ची खानेपानी वितरणका लागि पाइप लाइन विछ्याउने कार्य शुरू गर्न १ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरको छ ।

मेलम्ची खानेपानी विकास समिति खारेज

सरकारले बजेटमार्फत मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ । यी समितिहरूबाट सम्पादन हुँदै आएका कार्यहरू खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।

काठमाडौं खानेपानीको लागि वैकल्पिक स्रोतको अध्ययन थालिने

काठमाडौं उपत्यकामा सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानी आपूर्ति गर्न अध्ययन कार्य अघि बढाइने बजेटमा उल्लेख छ । नगरकोट क्षेत्र, दक्षिणकाली क्षेत्र, रामकोट क्षेत्र र गोदावरी क्षेत्र गरी काठमाडौं उपत्यकाका चार दिशामा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गर्न अध्ययन गरी यस्ता जलाधारलाई खानेपानी आपूर्तिको वैकल्पिक स्रोतको रूपमा विकास गरिने भएको छ । यी क्षेत्रमा बहुपयोगी पार्क तथा मनोरञ्जनात्मक स्थल समेत निर्माण गरिनेछ । जलाशययुक्त विद्युत आयोजनाको बहुउपयोग गरी खानेपानी आपूर्ति गर्न आवश्यक पूर्वाधार र प्राविधिक क्षमता विकास गरिनेछ ।

एक सय स्थानीय तहमा सरसफाइ गुरुयोजना
सबै स्थानीय तहको सरसफाइ गुरूयोजना तयार गर्ने नीतिअनुरुप आगामी आर्थिक वर्ष थप एक सय वटा स्थानीय तहको सरसफाइ गुरूयोजना तयार गरिने भएको छ । एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत देशका विभिन्न १२ वटा शहरहरूमा एकीकृत खानेपानी तथा फोहोरपानी प्रशोधन आयोजनाहरूको विस्तृत अध्ययन सम्पन्न गरिनेछ । विभिन्न शहरहरूमा ढल निकासको उचित प्रबन्ध गर्न २ अर्ब ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सुर्खेतको सुभाघाट, काभ्रेको पाँचखाल, दार्चुलाको खलङ्गा, भक्तपुरको दधिकोट र चितवनको शारदानगर खानेपानी आयोजनाहरू आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ । यी आयोजनाहरूबाट करिब १ लाख ९ हजार जनसंख्यालाई खानेपानी सेवा उपलब्ध हुनेछ । शहरी खानेपानी तथा सरसफाइ आयोजनाका लागि ४ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम र केन्द्रीय खानेपानी आयोजना अन्तर्गत सञ्चालित ३१ वटा आयोजनाहरू सम्पन्न गर्न ४ अर्ब ९६ करोड विनियोजन गरेको गरेको छ । यसबाट थप ४ लाख ९३ हजार जनसंख्यालाई खानेपानी सेवा उपलब्ध हुनेछ । जलवायु अनुकूलित बृहत खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन आयोजनाहरूको कार्यान्वयनका लागि ३ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यी आयोजनाहरूबाट थप १ लाख ५० हजार जनसंख्यालाई खानेपानी सेवा उपलब्ध हुनेछ ।


Read Previous

खानेपानी, पर्यटन, सहरी विकास र सिचाईका २२ अर्ब रुपैयाँका आयोजना प्रदेश र पालिकामा हस्तान्तरण

Read Next

ऊर्जा विकासका लागि ७५ अर्ब १० करोड बजेट विनियोजन, ७१५ मेगावाट विद्युत प्रणालीमा थपिने

Leave a Reply

Your email address will not be published.