Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

आगामी आर्थिक वर्षबाट विद्युत आयात ‘नेट जिरो’मा पुग्छ: कुलमान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले आगामी आर्थिक वर्षबाट विद्युत आयात ‘नेट जिरो’मा पुग्ने बताएका छन् । काठमाडौं विश्व विद्यालयले शुक्रबार धुलीखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘आउने वर्षसम्ममा जति विद्युत हिउँदमा आयात हुन्छ, बर्खामा त्यति नै मूल्य बराबरको निर्यात गरेर आयातलाई नेट जिरोमा राख्न सक्ने चरणमा हामी चाँडै पुग्दैछौं,’ उनले भने, ‘त्यपछिका वर्षहरूमा विद्युतको जडित क्षमता बढ्दै गएपछि विस्तारै निर्यातको परिमाण बढी हुँदै जानेछ ।’ उनले आर्थिक वर्ष २०८०/८१ सम्म पुग्दा आयातको तुलनामा नेपालले छिमेकी देशहरूमा निर्यात गर्ने विद्युतको परिमाण बढी हुने दाबी गरे ।

आर्थिक वर्ष २०८१/८२ सम्ममा हिउँदमा पनि आन्तरिक उत्पादनबाट आत्मनिर्भर हुन सक्ने बताउँदै घिसिङले बर्खामा कूल उत्पादनको ६० प्रतिशतसम्म निर्यात गर्न सम्भव हुने बताए । स्वदेशमा उत्पादन भई खपत हुन नसकेको विद्युत निर्यात गर्न छिमेकी देशको बजार खुल्ला भइसकेकाले यो बर्खाबाटै यसको थालनी हुन लागेको उनको भनाइ छ ।

प्राधिकरणको पहिलो प्राथमिकता विद्युत महसुल घटाएर भए पनि आन्तरिक खपत बढाउनु रहेकाले बढी भएको विद्युत मात्रै निर्यात गरिने उनले स्पष्ट पारे । ‘विद्युत खपत बढ्दा देशको अर्थतन्त्र पनि स्वतः चलायमान भएर जान्छ । देशभित्रै रोजगारीको अवसर पनि सिर्जना हुन्छ’ उनले भने ।

नेपाल आयल निगमले पेट्रोलियम आयात गर्ने राष्ट्र भारत नै ९० प्रतिशत आयातमा निर्भर भइरहेकाले नेपाल सधैं असुरक्षित भएको र यसको दीर्घकालिन विकल्पमा जानेबेला आएको उनले बताए । कोइला संकटका कारण भारतमा ऊर्जा संकटको अवस्था आए पनि प्राधिकरणले सस्तो हुने समयमा मात्रै विद्युत आयात गरिरहेको घिसिङले बताए ।

उनले भारतमा विद्युत महंगो भए पनि कोइलाको संकट समाधान नभएकाले नेपालले ‘अफ पिक आवर’ को सस्तो विद्युत मात्र आयात गरिरहेको बताए । ‘भारतमा कोइला संकटका कारण विद्युत महंगो भए पनि हामीले अफ पिकको औषत ५ भारुको विद्युत आयात गरिरहेका छौं’, उनले भने, ‘पिक आवरमा माथिल्लो तामाकोसी, कुलेखानी, कालीगण्डकीलगायत सञ्चालन गरेर आपूर्ति व्यवस्थापन गरिएको छ ।’

उनले अबको २ साताबाट नेपालको विद्युत भारततर्फ जान सुरु हुने पनि बताए । अहिले औपचारिकरूपमा निर्यात सुरु गर्नुअघिको तयारीका कामहरू भइरहेको घिसिङले जानकारी दिए ।


Read Previous

हरित हाइड्राेजन प्रवर्द्धन गरी एमोनिया उत्पादन गर्न केयु र विद्युत प्राधिकरणबीच समझदारी

Read Next

बजेटमा पूर्वाधार विकास प्राधिकरण निजी क्षेत्रको माग हो

Leave a Reply

Your email address will not be published.