
काठमाडौं। पूर्वमन्त्री सुमना श्रेष्ठले आगमी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयर पदमा निर्वाचन लड्ने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत निर्वाचन लड्ने घोषणा गर्दै लेखेकी छन्, ‘ मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।”
उनी अघिल्लो प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुँदै शिक्षामन्त्री समेत बनेकी थिइन् । पछिल्लो समय रास्वपाबाट अलग्गिएर बसेकी उनी नेतृत्वमाथि प्रश्न गर्दै रास्वपाबाट अलग्गिएकी हुन्। उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङसंग निकट भएपनि पार्टीमा भने आवद्ध भइनन् । श्रेष्ठ स्वतन्त्र रुपमा मेयरको निर्वाचन लड्न लागेकी हुन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति भने तोकेको छैन् । बैशाखसम्म निर्वाचन नै गर्ने तयारीमा आयोग छ ।

