Nepal Purbadhar

के-के छन् घरजग्गा मेलामा [फोटोफिचर]


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ सुरु भएको छ। आइतबारसम्म सञ्चालन हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बरसँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा आयोजना गरेका हुन्।


प्रदर्शनीमा अपार्टमेन्ट तथा संयुक्त आवास, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्वचालन प्रविधि, प्रिफ्याब तथा यूपीभीसी ढोका–झ्याललगायतका क्षेत्रका कम्पनी तथा व्यवसायी सहभागी छन्।

त्यस्तै, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अस्पताल तथा स्वास्थ्य सेवा, इन्जिनियरिङ तथा वास्तुकला परामर्श, घरजग्गा विकासकर्ता र निर्माण व्यवसायसँग सम्बन्धित संस्थाको पनि सहभागिता रहनेछ । नेपालसँगै भारतका विभिन्न कम्पनी तथा व्यवसायी पनि प्रदर्शनीमा सहभागी छन्।

तस्बिरहरु- सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Read Previous

सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री तिमिल्सिना

Read Next

बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणको राहत : ५० हजार र ६ महिनाको आधा तलब दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar