
काठमाडौं। नेपाली कांग्रेसले भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पार्टीका तर्फबाट एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण गर्न महामन्त्री पौडेलसहित कोषाध्यक्ष उमेश श्रेष्ठलगायत कांग्रेसका नेताहरू अर्थ मन्त्रालय पुगेका थिए।
