
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकामध्ये अहिलेसम्म १७७ जनाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवासहित बाढी प्रभावित विभिन्न जिल्लाबाट १७७ जनाको शव फेला परेको हो।
फेला परेका शवमध्ये रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जना रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।
उद्धार गरिएका घाइतेलाई विभिन्न अस्पतालमा पुर्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षाकर्मीले निरन्तरता दिएका छन्।
